• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जसपाका नेताहरु भन्छन् :
‘अदालतको भर छैन, सडकबाटै सं‌सद पुनर्स्थापना’

१३ पुष २०७७, सोमबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध सडक आन्दोलन नै गर्नुपर्ने बताएको छ ।

संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सरकारले असंवैधानिक कदम चालेकाले त्यसविरुद्ध सडक संघर्ष नै गर्नुपर्ने जसपाका नेताहरुले बताएका छन् ।

आइतबार काठमाडौंमा प्रदर्शन गर्दै जसपाले संयुक्त आन्दोलनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूह र नेपाली कांग्रेसलाई पनि सहकार्यकार प्रस्ताव राखेको छ ।

जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयबाट संसद विघटनको निर्णय बदर हुनेमा आशावादी भए पनि पुरै भर पर्न नसकिने बताए । ‘अदालतबाट आशा त गरौं, तर भर गर्ने ठाउँ छैन । किनकी अदालत जहिले पनि सार तत्वमा जाँदैन । न्याय दिने भन्दा विधि प्रमाण पु¥याउनेतिर जान्छ’ भट्टराईले भने ।

संसद विघटनको कदमलाई प्रतिगमन भन्दै जनआन्दोलनविना यो सच्चिने अवस्था नरहेको बताए । ‘संयुक्त जनआन्दोलन बिना यो प्रतिगमन सच्चिनेवाला छैन’ उनले भने, ‘राजा महेन्द्रको प्रतिगमन हटाउन ३० वर्ष लाग्यो । पूर्वराजा ज्ञानेन्द्रको प्रतिगमन ४ वर्षभित्रै सडकबाटै गुल्ट्यायौँ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सडक आन्दोलनमार्फत अहिलेको कदमलाई केही महिनामै उल्ट्याउन सकिने पनि बताए । ‘कांग्रेस र अरु साथीहरुलाई आग्रह गर्न चाहन्छु, न्यायालयबाट आश गरौं, ढुक्क नबनौं’ डा. भट्टराईले भनेका छन् ।

उनले प्रधानमन्त्री ओलीले चुनाव गराउने भ्रममा नबस्नसमेत प्रमुख विपक्षी कांग्रेसलाई आग्रह गरेका छन् । ‘चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ र सरकार चलाउँछौं भन्ने भ्रममा नपर्नुस्’ भट्टराईको सुझाव छ ।

उनले अघि भने, ‘चुनाव भ्रममात्र हो, आफ्नो निरंकुश शासन गर्ने ध्येयले चुनावको कुरा गरेका छन् । आफ्नो प्रभुत्व पुरै कायम गरेको विश्वास नभएसम्म चुनाव हुन्न ।’

पञ्चायतमा राजाले चुनाव गर्दा पनि आफूहरु सहभागी नभएको स्मरण गर्दै भट्टराईले भने, ‘पञ्चायतले चुनाव गराएको थियो । भाग लिएनौँ । यो चुनाव विषको घैँटामा माथिल्तिर अलिकति अमृत राखे जस्तो हो । त्यो माथि राखिएको अमृतमा भुल्नुहुदैन । चुनाव भ्रम हो ।’

भट्टराईले नेकपाको प्रचण्ड–नेपाल समूहलाई पनि आन्दोलन आउन आग्रह गरे ।

‘सभामुखले संसद बोलाउनुपर्छ’

भट्टराईले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको बताउँदै उनले तत्काल बैठक बोलाउन सभामुखसँग माग गरे ।

सभामुखले बैठक बोलाए आफूहरुले त्यहीँबाट फैसला गर्ने उनको भनाइ छ । ‘अत्याधिक सांसदहरु विघटन गलत छन् भन्ने पक्षमा छन् । जनतामा निहित सार्वभौमसत्ता प्रयोग गरेर बैठक बोलाउनुपर्छ र, हामीले फैसला गरौं’ डा. भट्टराईले भने ।

राजेन्द्र महतोको प्रश्न : कति प्रतिगमन भोग्नुपर्ने हो ?

जसपाका नेता राजेन्द्र महतोले नेपाली जनताले पटक पटक प्रतिगमन भोगिसकेको उल्लेख गर्दै अझै कति प्रतिगमन भोग्नुपर्ने हो ? भन्दै प्रश्न गरे ।

‘केपी ओलीले संविधानमा प्रतिगनम गरे । तर यो पहिलो पटक होइन’, उनले भने, ‘पहिले राजाले गर्थे, अहिले नयाँ राजाले गरे । फेरि प्रतिगमन, कति प्रतिगमन, कति नेपाली जनताले कति प्रतिगमन भोग्नुपर्ने हो ?’

ओलीको कदम ०१७ सालको भन्दा पनि निन्दनीय : अशोक राई

जसपाका नेता अशोक राईले संवैधानिक र कानुनी दृष्टिकोणबाट ०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरे भन्दा अहिलेको संसद विघटन निन्दनीय भएको बताए । अहिले ओली पक्षधर भन्दा बाहेक सबै संसद विघटनको विरोधमा रहेको उनको भनाइ छ ।

ओलीले पार्टी र संसदीय दलमा आफ्नो बहुमत नरहेको र संसद बोलाउँदा असुरक्षित हुने भएकाले प्रतिनिधिसभा भंग गरेको राईले बताए ।

सम्बन्धित खवर

रविलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
प्रदेश विशेष

सर्वोच्चबाट रवि लामिछानेलाई थुनामा राख्ने आदेश सदर

4 mins पहिले
नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी
प्रदेश विशेष

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

4 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक
प्रदेश विशेष

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

4 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित
प्रदेश विशेष

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

13 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त
प्रदेश विशेष

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

24 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान
प्रदेश विशेष

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

रविलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

सर्वोच्चबाट रवि लामिछानेलाई थुनामा राख्ने आदेश सदर

4 mins पहिले
नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

4 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

4 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

13 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

24 hours पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech