• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जसपाका नेताहरु भन्छन् :
‘अदालतको भर छैन, सडकबाटै सं‌सद पुनर्स्थापना’

२०७७ पुष १३, सोमबार ०७:५९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध सडक आन्दोलन नै गर्नुपर्ने बताएको छ ।

संसद विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सरकारले असंवैधानिक कदम चालेकाले त्यसविरुद्ध सडक संघर्ष नै गर्नुपर्ने जसपाका नेताहरुले बताएका छन् ।

आइतबार काठमाडौंमा प्रदर्शन गर्दै जसपाले संयुक्त आन्दोलनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–माधव समूह र नेपाली कांग्रेसलाई पनि सहकार्यकार प्रस्ताव राखेको छ ।

जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयबाट संसद विघटनको निर्णय बदर हुनेमा आशावादी भए पनि पुरै भर पर्न नसकिने बताए । ‘अदालतबाट आशा त गरौं, तर भर गर्ने ठाउँ छैन । किनकी अदालत जहिले पनि सार तत्वमा जाँदैन । न्याय दिने भन्दा विधि प्रमाण पु¥याउनेतिर जान्छ’ भट्टराईले भने ।

संसद विघटनको कदमलाई प्रतिगमन भन्दै जनआन्दोलनविना यो सच्चिने अवस्था नरहेको बताए । ‘संयुक्त जनआन्दोलन बिना यो प्रतिगमन सच्चिनेवाला छैन’ उनले भने, ‘राजा महेन्द्रको प्रतिगमन हटाउन ३० वर्ष लाग्यो । पूर्वराजा ज्ञानेन्द्रको प्रतिगमन ४ वर्षभित्रै सडकबाटै गुल्ट्यायौँ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सडक आन्दोलनमार्फत अहिलेको कदमलाई केही महिनामै उल्ट्याउन सकिने पनि बताए । ‘कांग्रेस र अरु साथीहरुलाई आग्रह गर्न चाहन्छु, न्यायालयबाट आश गरौं, ढुक्क नबनौं’ डा. भट्टराईले भनेका छन् ।

उनले प्रधानमन्त्री ओलीले चुनाव गराउने भ्रममा नबस्नसमेत प्रमुख विपक्षी कांग्रेसलाई आग्रह गरेका छन् । ‘चुनाव हुन्छ र चुनावमा गएपछि कांग्रेस ठूलो पार्टी हुन्छ र सरकार चलाउँछौं भन्ने भ्रममा नपर्नुस्’ भट्टराईको सुझाव छ ।

उनले अघि भने, ‘चुनाव भ्रममात्र हो, आफ्नो निरंकुश शासन गर्ने ध्येयले चुनावको कुरा गरेका छन् । आफ्नो प्रभुत्व पुरै कायम गरेको विश्वास नभएसम्म चुनाव हुन्न ।’

पञ्चायतमा राजाले चुनाव गर्दा पनि आफूहरु सहभागी नभएको स्मरण गर्दै भट्टराईले भने, ‘पञ्चायतले चुनाव गराएको थियो । भाग लिएनौँ । यो चुनाव विषको घैँटामा माथिल्तिर अलिकति अमृत राखे जस्तो हो । त्यो माथि राखिएको अमृतमा भुल्नुहुदैन । चुनाव भ्रम हो ।’

भट्टराईले नेकपाको प्रचण्ड–नेपाल समूहलाई पनि आन्दोलन आउन आग्रह गरे ।

‘सभामुखले संसद बोलाउनुपर्छ’

भट्टराईले संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको बताउँदै उनले तत्काल बैठक बोलाउन सभामुखसँग माग गरे ।

सभामुखले बैठक बोलाए आफूहरुले त्यहीँबाट फैसला गर्ने उनको भनाइ छ । ‘अत्याधिक सांसदहरु विघटन गलत छन् भन्ने पक्षमा छन् । जनतामा निहित सार्वभौमसत्ता प्रयोग गरेर बैठक बोलाउनुपर्छ र, हामीले फैसला गरौं’ डा. भट्टराईले भने ।

राजेन्द्र महतोको प्रश्न : कति प्रतिगमन भोग्नुपर्ने हो ?

जसपाका नेता राजेन्द्र महतोले नेपाली जनताले पटक पटक प्रतिगमन भोगिसकेको उल्लेख गर्दै अझै कति प्रतिगमन भोग्नुपर्ने हो ? भन्दै प्रश्न गरे ।

‘केपी ओलीले संविधानमा प्रतिगनम गरे । तर यो पहिलो पटक होइन’, उनले भने, ‘पहिले राजाले गर्थे, अहिले नयाँ राजाले गरे । फेरि प्रतिगमन, कति प्रतिगमन, कति नेपाली जनताले कति प्रतिगमन भोग्नुपर्ने हो ?’

ओलीको कदम ०१७ सालको भन्दा पनि निन्दनीय : अशोक राई

जसपाका नेता अशोक राईले संवैधानिक र कानुनी दृष्टिकोणबाट ०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्त गरे भन्दा अहिलेको संसद विघटन निन्दनीय भएको बताए । अहिले ओली पक्षधर भन्दा बाहेक सबै संसद विघटनको विरोधमा रहेको उनको भनाइ छ ।

ओलीले पार्टी र संसदीय दलमा आफ्नो बहुमत नरहेको र संसद बोलाउँदा असुरक्षित हुने भएकाले प्रतिनिधिसभा भंग गरेको राईले बताए ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us