धर्वेन्द्र कुमार यादव(यदुवंशी) महोत्तरी- विगत लामो समय देखि विवाद हुँदै आएको गौशला नगरपालिका वडा न.१ को वडा कार्यालयकाे भवन स्थानीय संग छलफल नगरी गर्न लागेकाे भनि स्थानीयले आपती जनाएकाे छ ।
स्थानीयहरुको विरोधको बावजूद सो योजनाको निर्माण कार्य अगाडि बढाइएको छ। स्थानीयहरुले मेयर शिवनाथ महतो समक्ष वडा कार्यको काम छलफल नगरी अगाडि न बढाउन भनी एउटा निवेदन पेश गरेको थियो। सो निवेदन मा मेयर शिवनाथ महतोले सर्वदलीय भेला गरी मात्र काम अगाडि बढाउने भनि तोक लगाउनु भयो।
तर कुनै भेला नै न गरी वडा कार्यालयको निर्माण अगाडि बढाइएको मा स्थानीय आक्रोसित छन्।पुरानो २ कठ्ठा सरकारी जमीनमा अवस्थित वडा कार्यालयलाई केही संकीर्ण सोच भएको व्यक्तिको निजी स्वार्थलाई केन्द्रबिन्दु मा राखी १ कट्ठा जमीन दिई बनाइराखेको छ।वडा कार्यालय कसैको व्यक्ति विशेषलाई ध्यानमा राखी बनाउने न भई समाजको हीतलाई केन्द्रबिन्दु मा राखी बनाउने कुरा स्थानीयले बताउँदै आइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्