काठमाडौं, २४ पुष । नेपाली कांग्रेसका नेता गगन थापाले प्रतिनिधिसभा पुनःस्थापना हुने बताउनुभएको छ ।
प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रबार (आज) तरूण दल भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता थापाले प्रतिनिधिसभा पुनःस्थापना हुने बताउनुभएको हो ।
त्यस्तै नेता थापाले प्रतिनिधिसभा पुनःस्थापनापछि राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाइने बताउनुभएको छ । प्रधानमन्त्रीको असंवैधानिक कदम अदालतले खारेज गरेपछि प्रतिनिधि सभा पुनःस्थापना हुने नेता थापाको भनाइ छ ।
त्यसपछि संसदले राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने बताउदै नेता थापाले बताउनुभयो, ‘तपाईंहरूको ‘बा’ प्रधानमन्त्री ओली बालकोट आउने बाटो ठीक राख्नुहोला ।’
उहाँले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुलाई प्रतिगामी र अलोकतान्त्रिक कदम भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्