काठमाडौं : प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपासंग आबद्ध यूवाहरुले आज काठमाडौंमा धोती जुलुस निकालेका छन् ।
ओली मधेसको साथमा रहेको सन्देश दिन यूवा संघ प्रदेश २ को आयोजनामा काठमाडौंमा धोती जुलुस निकालेको हो ।
संसद विघटनपछि देशभर ओलीको आलोचना भइरहेका बेला मधेसीको मन जित्न धोती जुलुस निकालिएको छ ।
जुलुसमा सयौं युवाको सहभागीता रहेको थियो । उनीहरुले ‘आज हैन भौलुलाई, १० वर्ष ओलीलाई’ नारा लगाएका छन्।
प्रतिक्रिया दिनुहोस्