जनकपुर जेसीजको नयाँ नेतृत्वका लागी शनिवार मतदान कार्यक्रम समपन्न भएको हो ।
शनिवार अबेर रातीसम्म भएको मतदान १६३ मतदाता मध्ये जम्मा १५४ खसेको जनकपुर जेसीजका का.का. उपाध्यक्ष निरज बिक्रम साहले जानकारी दिएका छन । मतदान समपन्न पश्चात आधि घण्टा पछि मतगणना सुरु भएको थियोे।
अध्यक्ष पदमा मनोज कुमार साह भारी बहुमतले बिजय भएका छन। त्यस्तै कार्यकारिणी उपाध्यक्ष पदमा राजेश कुमार मंडल र उपेन्द्र कुमार साह निर्बिरोध निर्वाचित भएका छन।
उपाध्यक्ष पदमा दिपक यादव,बिनय साह, मुकेश कुमार साह, राजेन्द्र कुमार साह रहेका छन ।
प्रतिक्रिया दिनुहोस्