वीरगन्ज । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओली राष्ट्रवादी नभई राष्ट्रघाती रहेको आरोप लगाउनु भएको छ ।
जनता समाजवादी पार्टी नेपाल पर्साद्वारा वीरगन्जको लालबङ्गला स्थित आयोजित जनप्रदर्शन एवं विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नष्लवादी राष्ट्रवादको मुखौटा लगाएका प्रधानमन्त्री ओलीको वास्तविक रुप अहिले सामुन्ने आएको बताउनुभयो ।
उहाँले पार्टीको आन्तरिक विवाद सल्टाउन नसक्दा राजीनामा माग्दा प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने यदी त्यो पनि सम्भव नभए कमण्डल बोकेर भारतको बरानस जानुपर्ने भन्दै पार्टीको आन्तरिक झगडाको कारण संसद नै विघटन गर्नु भनेको गलत कुरा भएको बताउनु भयो ।
संसद विघटनको विषय सर्वोच्चमा पुगेको प्रसङ्गमा बोल्दै अध्यक्ष यादवले सर्वोच्चलाई हामी सम्मान गर्छौ तर संसद विघटन राजनीतिक विषय भएकोले राजनीतिबाट समाधान हुनुपर्ने बताउनु भयो ।
संसद विघटन गरि चुनाव घोषणा भएपछि काम चलाउ सरकारका साथै चुनावी सरकार हुने र चुनावी सरकारको मन्त्रीमण्डल विस्तार गर्ने कुनै किसिमको अधिकार नभएको दावी गर्नुभयो । संसद विघटनपछि मन्त्रिपरिषद बिस्तार गरेर ओलीले लोकतन्त्र विरोधी पुष्टि गरेको अध्यक्ष यादवको भनाइ थियो ।
उहाँले असंवैधानिक तरिकाले संसद भङ्ग हुनै नसक्ने भएकोले हालसम्म संसद जिवित नै रहेको जिकिर गर्नुभयो । पूर्वसभामुख सुवाष नेवाङसति पूर्वप्रधानन्यायधीशहरुले पनि प्रधानमन्त्रीलाई संसद विघटन गर्नुपर्ने संविधानमा अधिकार नरहेको भनिरहँदा यस परिस्थितिमा संविधानको धारा १०३ लाई टेकेर सभामुखले संसदको अधिवेशन बोलाएर राष्ट्रपतिलाई जानकारी गराई बहुमतको आधारमा सरकार स्थापना गर्नसक्ने अधिकार रहेको सुझाव दिनुभयो ।
मधेशमा आन्दोलन भइरहँदा मधेशी पहाडीको भिन्नता छुट्याई राष्ट्रवादका नारा लगाईरहेका प्रधानमन्त्री ओलीले अहिले महाकालीको कुरा आउँदा राष्ट्रवादी नभई लम्पसारवादी भएको आरोप लगाउँदै अध्यक्ष यादवले सत्ता बचाउनका लागि ओलीले नक्कली राष्ट्रवादीको भूमिका खेलिरहेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्