• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

ओली निरन्तर संविधान कुल्चिन सक्रिय

२०७७ माघ ७, बुधबार ०९:२०

काठमाडौँ, । नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सात राजनीतिक दल राजाको निरंकुशताविरुद्ध सडक संघर्षमा थिए। प्रजातन्त्रमाथि पटकपटक राजाले आक्रमण गर्दा त्यसविरुद्ध संघर्षमा उत्रिएका दल र जनताले सडकमा गणतन्त्रको नारा लगाउन थालेका थिए। वर्तमान प्रधानमन्त्री एवं तत्कालीन नेकपा एमालेका नेता केपी शर्मा ओलीलाई विश्वास थिएन सात दलको सडक संघर्षबाट मुलुकमा गणतन्त्र स्थापना हुन्छ भन्ने। त्यसैले त ओलीले त्यतिबेला भनेका थिए, ‘गणतन्त्र आउने भनेको बयलगाढा चढेर अमेरिका पुग्नु जस्तै हो।’

तर, परिस्थिति फेरियो, राजाको निरंकुशताविरुद्धको सडक आन्दोलनले २४० वर्ष लामो राजतन्त्र नै अन्त्य गरिदियो। मुलुकमा गणतन्त्र स्थापना भयो। २०६५ जेठ १५ गते संविधान सभाको पहिलो बैठकबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको घोषणा भयो।

पहिलो संविधानसभा संविधान बनाउन नसकेर विघटन भए पनि दोस्रो संविधानसभाले सबै आन्दोलनलाई संस्थागत गर्दै नयाँ संविधान निर्माण गरी जारी गर्‍यो। परिस्थितिले संघीयता र गणतन्त्रप्रति रुचि नदेखाएका ओली नै नयाँ संविधान कार्यान्वयन गर्ने मुख्य जिम्मेवारीमा पुगे। संविधानलाई बलियो बनाउन कार्यान्वयनमा जोड दिनुपर्ने कार्यपालिका प्रमुख (प्रधानमन्त्री) को जिम्मेवारीमा पुगेका ओली त्यसको विपक्षमा सुरुदेखि नै सक्रिय भए।

नयाँ संविधान जारी भएपछि तत्कालीन माओवादी केन्द्रसहितका राजनीतिक दलको समर्थमा ओली प्रधानमन्त्री बने। आलोपालो प्रधानमन्त्री बन्ने ओली र पुष्पकमल दाहालबीचको सहमति कार्यान्वयन नहुँदा तत्कालीन माओवादी केन्द्रले उनलाई दिएको विश्वासको मत फिर्ता मात्र लिएन, संसद्मा अविश्वास प्रस्ताव नै दर्ता गर्‍यो। संसद्मा विश्वास गुमाए पनि ओलीले संक्रमणकालीन व्यवस्था अनुसार आफूले प्रधानमन्त्रीबाट राजीनामा गर्नै नमिल्ने अडान लामो समय लिए, पद त्याग्न अरूचि देखाए।

संसद्मा अविश्वास प्रस्तावमाथि मतदान हुने बेला बैठक राखेर ओलीले संविधान र पदको दुरूपयोग गर्दै बाधा अड्काउ फुकाउ आदेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी गराए। त्यसपछि बल्ल उनले प्रधानमन्त्रीबाट राजीनामा गरे। नयाँ संविधानमाथि उनले त्यतिबेला नै प्रहार गरे। सत्तारोहणको हतारमा रहेको माओवादी केन्द्र र राष्ट्रपतिसहित प्रमुख पदबिहीन बनेको नेपाली कांग्रेस प्रधानमन्त्री ओलीबाट संविधानको गलत प्रयोगको सुरुवात हुँदा पनि मौन बसे। नागरिक समाजसहित राज्यका अन्य पक्षलाई उक्त विषयले खासै प्रभाव पारेन।

सरकारमा हुँदा त संविधान कार्यान्वयनमा उदासिन ओलीलाई सत्ताबाहिर हुँदा त्यसप्रति चासो हुने कुरा थिएन। संविधानप्रति असन्तुष्ट मधेसकेन्द्रित दलसहित विभिन्न पक्षलाई विश्वासमा लिनुको साटो उनले भड्काउवादी नीति अख्तियार गरे। तर, संविधानले तीन तहको निर्वाचनसहित विषयमा समय सीमा निर्धारण गरेको थियो। त्यसलाई भेट्टाउन तत्कालीन सत्ता साझेदार कांग्रेस र माओवादीले प्रयास गरे। असन्तुष्ट मधेसकेन्द्रित दलसहितका पक्षलाई पनि विश्वासमा लिएर स्थानीय तहको निर्वाचन भयो।

प्रदेश, प्रतिनिधिसभाको मात्र होइन, राष्ट्रियसभा निर्वाचन मिति पनि तय भयो। ओलीले प्रदेश अस्थायी राजधानी, नाम मात्र होइन प्रदेश प्रमुख नियुक्तिमा पनि भाँजो हाले। त्यतिमात्र होइन, राष्ट्रियसभा निर्वाचन प्रणालीकै विषयमा बखेडा निकाले। राष्ट्रपतिलाई प्रभावमा पारेर तत्कालीन सरकारले सिफारिस गरेको अध्यादेश जारी गर्नबाट रोके। दलहरूबीच सहमति भएपछि मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी गरिन्।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech