Advertisement

नयाँ पार्टी बनाउने विषय बाध्यताको कुरा मात्र हो : माधव कुमार नेपाल

न्युजडेस्क
२०७८ श्रावण ३१, आईतवार ०९:४४

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाउने बिषय बाध्यताको कुरामात्र भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा नेकपा एमाले बागमती प्रदेश सम्पर्क संगठन कमिटीको प्रशिक्षण कार्यक्रममा नेता नेपालले अर्को पार्टी बनाउन चाहन्छन् भन्ने नभएर बाध्यताको कुरा मात्र भएको बताउनुभएको हो ।

उहाले अब प्रदेशदेखि तल्लो तहसम्म समानान्तर कमिटी बनाउने कामलाई तीब्र गतिमा अघि बढाइने धारणा राख्नुभयो । नेता नेपालले एमालेभित्र रहेको गलत र अहंकारी प्रवृतिले जनविश्वास गुमेको भन्दै आफ्ना लागि मैदान खाली रहेको उल्लेख गर्नुभयो ।

अपमान सहेर एकता नहुने र त्यस्तो अवस्थामा असहज बाटो लिनु बाध्यता हुने उहाको भनाइ छ । उहाले पार्टीको प्रत्येक घटनाक्रम हेर्दा अध्यक्ष ओलीले पार्टी विभाजन चाहेको आरोप लगाउनुभयो ।

नेता नेपालले समाजवादको लक्ष्य बोकेको कम्युनिष्ट पार्टीले सत्तामा पुगेपछि आफ्नो जिम्मेवारी भुलेको र अवसरवादको कारणले कम्युनिष्ट आन्दोलन कमजोर बन्दै बताउनुभयो ।
उहाले एकताका लागि अत्यन्त प्रयन्त गरेको बामदेव गौतमको जस्तोे अवस्था पार्टीभित्र आफुले व्यहोर्न नसक्ने स्पष्ट पार्नुभयो । पार्टीभित्र ओलीले एकतर्फी रुपमा आफ्नो गतिविधि अगाडी बढाउदै लगेको र एकताका लागि गम्भीर बन्न नसकेको आरोप पनि नेता नेपालले लगाउनुभयो ।

कार्यक्रममा नेता नेपालले एमाले बागमती प्रदेश सम्पर्क संगठन कमिटीका सदस्यहरुलाई सपथ खुवाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर