Advertisement

प्रदेश सांसद यादवद्वारा निर्माणाधीन बिधुत आयोजनाको निरिक्षण

न्युजडेस्क
२०८१ फाल्गुन ८, बिहीबार १९:४७

जनकपुरधाम,फाल्गुन ८ गते ।मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादव र एस जि बि एनका कार्यकारी प्रमुख मनोज कुमारले संयुक्तरूपमा निर्माणाधिन ढल्केबर – बालगंगा १३२ केबि प्रशारण लाईन आयोजनाको स्थलगत निरिक्षण गरेका छन।
मधेश प्रदेशको राजधानी जनकपुरधाम देखि करिब ८ किमि दुरि पुर्व दिशा हंसपुर नगरपालिकाको बालगंगा चौकमा स्थापित नेपाल बिधुत प्राधिकरण ढल्केबर- बालगंगा १३२ केबि प्रशारण लाईन आयोजनाको निर्माण कार्य संघीय सरकारको सहयोगमा भैई रहेको छ।
५ बिघ्घा जग्गा क्षेत्रफल रहेको प्राधिकरणको आयोजना परिसरमा कन्ट्रोल पावर स्टेसन , अत्याधुनिक ट्रान्सर्फमरहरु जडान ,कार्यालय ,स्टाफ क्वाटर सहितका भवन सहित आवश्यक संरचनाहरुको निर्माण कार्य भैई रहेको छ।
सो आयोजनाको निर्माण सम्पन्न भए पछि नेपाल बिधुत प्राधिकरणको राष्ट्रिय बिधुत प्रशारण केन्द्र ढल्केबरबाट लाईन जोडि बालगंगा आयोजनाबाट धनुषा जिल्ला भरि सहजै बिधुत सेवा उपलब्ध हुने कुरा प्राबिधिकले जानकारी दिएका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर