जनकपुरधाम : महोत्तरीको मनरा सिस्वा नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रममा पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुश्वाहाले समाजिक रुपान्तरण पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।

जनता समाजवादी पार्टी मनरा सिस्वा नगरपालिका जावख नगर कमिटीले आज मनरा सिस्वा नगरपालिका वडा नं.४ जावखमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै पुर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहाले राज्यको उपेक्षाको शिकार भई समाजमा पछि परेका वर्ग समुदायलाई मुल धारमा ल्याउन प्रदेश सरकारले समाजिक रुपान्तरणको अभियानलाई अघि बढाएको समेत पूर्व राज्य बतााउनु भयो ।
आरक्षणको व्यवस्थाले समाजिक रुपान्तरण भई सदियौ देखी विभेदमा रहेका वर्ग राज्यको मुलधारमा ल्याउने विश्वास समेत व्यक्त गर्नु भयो ।
नवप्रवेशीहरुलाई स्वागत गर्दै पुर्व राज्य मन्त्री सरोज सिंह कुश्वाहाले जसपाकै नेतृत्वमा मुलुक शान्ति, स्थायीत्व र विकासमा फडको मार्ने उल्लेख गर्नु भयो ।

जसपा मनरा सिस्वा नगरपालिकाका नगर संयोजक महेन्द्र राय यादव जसपाका जिल्ला सदस्य मुद्दिन कवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मनरा सिस्वा नपाको विभिन्न पार्टीका करिब २ सय नेता कार्यकर्ताहरु नेकपा र विभिन्न पार्टी परित्याग गरि जसपमा प्रवेश गरेका छन ।
कार्यक्रममा जसपा संयोजक मनरा सिस्वा महेन्द्र यादव, जिल्ला सदस्री रबिन्द्र सिंह सहित पार्टीका संघिय परिषद सदस्यहरु , गगनदेव यादव , राजकान्त झा, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्