काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल र झलनाथ खनालका लागि आफूहरुले ठुलो सहयोग गरिरहेको बताएका छन् ।सोमवार सूर्यनाथ राम यादवको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल र खनाल ‘ठीक ट्र्याक’मा हिंड्न जमर्को गरिरहेको कारण आफूहरुले सहयोग गरेको बताएका हुन ।
प्रचण्डले भने, ‘हामीले धेरै मेहनत पनि गर्यौं । हुन त मेहनतको फल लाग्या पनि छ । अहिले झलनाथ, माधव जस्ता पुराना पिंढीका साथीहरु ठिकै ट्र्याकमा अगाडि बढ्न जमर्को गरि पनि राख्नुभाछ हामीले ठूलो सहयोग गरेका पनि छौं ।’
यस्तै उनले नेकपा माओवादी केन्द्र अबको चुनावमा पहिलो नम्बरमा आउन सक्ने दाबी पनि गरे ।‘समाजवादी क्रान्ति अघि बढाउनको लागि विकास समृद्धिको यात्रा हुँदै न्यायसहितको एउटा नयाँ समाज निर्माणको निम्ति हाम्रो पार्टीले आफूलाई रुपान्तरण गर्नैपर्छ, हाम्रो पार्टी बिस्तारै बिस्तारै एमालेकरण हुनथाल्यो, यस्तै भइरहने हो भने मैले भनिसकेको छु पार्टी छ नभने हुन्छ, मैले पार्टी सकिदिने भन्न खोजेको होइन’, उनले भने,‘जनताको चाहनाअनुसार नचल्ने हो भने यस्तो सिद्धान्तहीन पार्टी चलाएर के काम भन्न खोजेको हो, तर यो पनि मैले भनिरहेको छु कि नेकपा माओवादीले नै जनता र समाज साथै समाजवादी क्रान्तिको रणनीतिमा आफूलाई अघि बढाउँछ, नेकपा माओवादी नाम त छ, विज्ञापन जस्तो तर जनयुद्ध लड्ने योद्धाहरु भ्नेर चिनिनु पर्ने ठाउँमा चिनिदैनन्, नाम छ, तर काम हेर्दा जनताले छुट्याउन सक्दैनन्, को काँग्रेस को माओवादी, को एमाले रु त्यसैले हामीले थोरै मिहेनत गर्यौं भने अब आउँदो चुनावमा एक नम्बर हुने सम्भावना छ।’
प्रतिक्रिया दिनुहोस्