जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारले छापा मारेको विरुद्ध जनता समाजवादी पार्टी धनुषा जिल्ला समन्वय समितिले आन्दोलनको घोषणा गरेको छ ।
जसपा धनुषा जिल्ला समन्वय समितिको अध्यक्ष पशुपति यादवले विज्ञप्ती जारी गरेर आन्दोलनको घोषणा गरेका हुन् ।
आन्दोलनमा सहभागी हुन नेता कार्यकर्ता, युवा, विद्यार्थी, महिला, किसान, उधोगी, व्यवसायी, बुद्धिजीवी, लगाईत सम्पुर्ण जिल्ला वासीमा आह्वान समेत गरिएको छ ।
विरोधका कार्यक्रमहरूः
१ असोज १६ गते मशाल जुलुस (जनकपुरधाम, रेल्वे स्टेशन बाट दिउसो ४:३० बजे) २ असोज १७ गते बृहत विरोध प्रदर्शन (जनकपुरधाम, रेल्वे स्टेशन बाट दिनको १:०० बजे)

प्रतिक्रिया दिनुहोस्