जनकपुरधाम,भदौ १९ गते । मधेस प्रदेश नीति अायोगका उपाध्यक्ष प्रा डा भोगेन्द्र झाले समृद्धि को मुल मंत्र शिक्षा रहेको कुरा बताउनुभयो
प्रदेश सांसद रामअशिष यादवको संसदीय कोषबाट जनकपुरधामको तेतरिया गाउँस्थित निम्न माविको परिसरमा नवनिर्मित विधालय भवनको समुदघाटन गर्दै प्रमुख अतिथि शिक्षा विज्ञ प्रा डा झाले सो कुरा बताउनुभयो ।
सो कार्यक्रमका बिशिस्ट अतिथि प्रदेश सांसद रामअशिष यादवले जर्जर अवस्थामा रहेको सामुदायिक विधालयको शिक्षा सुधारका लागि अाफु प्रयासरत रहेको कुरा बताउनुभयो ।
शिक्षा सुधार अभियान अन्तर्गत बिधालय का प्राधानाध्यापक रामसुन्दर कामती सहित शिक्षकहरुलाई कलम,डायरी दोसल्ला अोढाएर सम्मान गरिएको छ।
प्रदेश सांसद यादवको संसदीय कोषबाट ३० लाख रुपियाँ को लागतमा सो विधालय भवनको निर्माण गरिएको छ।
प्रदेश सांसद को सहयोग र अाफन्त नेपालको समन्वयमा प्रविधि मैत्री कक्षा संचालन का साथै शिशु कक्षा कोठाको पनि बाल मैत्री व्यवस्थापन गरिएको कुरा प्राधानाध्यापक कामतीले जानकारी दिएका छन।
विधालयका प्र अ रामसुन्दर कामतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाड अध्यक्ष रामवृक्ष यादव ,शिक्षा सुधार अभियान का दुत अम्भु प्रसाद साह,शिक्षक खडग माया कार्की लामा,पुर्व प्रअ श्याम साह सहितका वक्ताहरूले शिक्षा सुधार सम्बन्धमा विचार व्यक्त गरेका छन।
























