जनकपुरधाम, भादौ १९ गते । प्रदेश सांसद तथा प्रमुख सचेतक माननिय शैलेन्द्र कुमार यादवले सामुदायिक भवन एवंम सडक निर्माण को आईतवार शिलान्यास गरेका छन्।
शहिदनगर नगरपालिका वाडा नं. ७ ताराटोलमा मधेश प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ३० लाख रुपैया सामुदायिक भबन निर्माणका लागि बजेट विनियोजन गरिएको छ l
त्यस्तै सडक निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयले २५ लाख रकम विनियोजन गरेको उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र प्रसाद मंडलले जानकारी दिए l
स्थानीय गाउँलेहरुको व्यापक सहभागितामा मुख्य सचेतक माननिय शैलेन्द्र कुमार यादवले दुइटै योजनाको आज शिलान्यास गरेका छन्।
























