जनकपुरधाम, भदौ २१ गते । प्रदेश सांसद तथा मुख्य सचेतक माननिय शैलेन्द्र कुमार यादवले मंगलवार विद्यालयको कम्पाउण्ड वालको शिलार्यास गरेका छन् l
विदेह नगरपालिका वाडा नं. ६ इकराही स्थित श्री जनता प्राथमिक विद्यालयको कम्पाउण्ड वालको लागि ३० लाख रकम विनियोजन गरिएको स्थानिय नेता सुदीप झाले बताए l
मुख्य सचेतक यादवले विकासको काममा कुनै किसिमको बाधा अवरोध हुनु हुँदैन हामी सबै मिलेर एकढिक्का भएर विकासको काममा लाग्नु पर्ने बताउनु भयो।
शिलान्यास कार्यक्रममा सहभागी गाउँलेहरुले एकस्वरमा माननिय शैलेन्द्र कुमार यादव विकास प्रेमी रहेको र जनचाहना अनुरूप काम गरेको भन्दै उनको प्रशंसा गरेका छन् l
गाउँलेहरुको व्यापक सहभागितामा शिलान्यास सम्पन्न गरेपछि मुख्य सचेतक यादवले विद्यालयको निरिक्षण तथा अवलोकन समेत गरेका हुन ।
कार्यक्रममा जसपाका स्थानिय नेता राजदेव महरान, कुलानन्द झा, सुदीप झा, सभ्य कुमार यादव लगायत किसान तथा गाउँलेहरुको व्यापक उपस्थिति रहेका थिए।
























