जनकपुरधाम, कात्तिक ६ । नेपाली काँग्रेसको तर्फ बाट जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा निर्वाचित पुर्व वडा सदस्य महन्त महतो जसपामा प्रवेश गरेका छन ।
जसपा नेपाल द्वारा रुपैठामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पुर्व वाडा सदस्य महतोलाई जसपा केन्द्रिय सदस्य लालकिशोर साह र क्षेत्र न ३ क को उमेदवार जितेन्द्र यादवले पार्टीमा अबिर, माला लगाएर स्वागत गर्नु भएको छ।
























