काठमाडौं । जनता समाजवादी पार्टी बाट पर्सा–१ (२) का उम्मेदवार मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामनारायणप्रसाद कुर्मीलाई पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । राउतले ७ हजार ५४५ मत पाउँदा कुर्मीले ६ हजार २१२ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनयकुमार झा रहेका छन् । उनले २ हजार ८४१ पाएका छन् । यस्तै, हाम्रो नेपाली पार्टीका ओमप्रकाश सर्राफले २ हजार ४१ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्