जनकपुरधाम, माघ २ गते । पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समिति सचिव युवा नेता जितेन्द्र यादवले दु:ख व्यक्त गरेको छ ।
जसपा नेपाल मधेश प्रदेश समिति सचीव यादले फेस्बुकामा स्टेट्स जारी गरि दु:ख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र आफन्तजनमा समवेदना व्यक्त गरेका छन् ।
प्रदेश सचीव यादवले नेपाली आकाशमा बारम्बार भइरहेको दुर्घटनाको कारणहरुको विस्तृत अध्ययन, अनुसन्धान गर्नुका साथै आगामी दिनमा दुर्घटना न्युनीकरणका उपाय अवलम्बन गर्न सरोकारवालालाई ध्यानाकर्षणसमेत गराएका छन् ।
उनले सुरक्षित हवाई यात्राको विषयमा प्रष्ट योजना ल्याउन र हवाई सुरक्षाकै कारण पर्यटनमा पर्ने नकारात्मक असरबारे गम्भीर बन्न नेपाल सरकारसँग अनुरोधसमेत गरेका छन् ।
























