जनकपुरधाम । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज मधेश प्रदेश अध्यक्षमा रामछबिला राय निर्वाचीत भएका छ्न।
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज मधेश प्रदेशको प्रथम अधिवेशन माघ २ गते जनकपुरको जिरोमाइल स्थित रहेको अन्नपूर्ण होटेलमा सम्पन्न भएको छ ।
आयुर्वेद स्वास्थ्यकर्मी समाजको केन्द्रिय सदस्य सरोज रायको अध्यक्षतामा सम्पन्न अधिवेशनको प्रमुख आतिथ्यमा मधेश प्रदेश सांसद रामअशिष यादव रहनुभएको थियो।
नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज मधेश प्रदेशको पहिलो अधिवेशनबाट सोनिगामा आयुर्वेद हंसपुर धनुषामा कार्यरत वरिष्ठ कविराज निरीक्षक राम छबिला रायको अध्यक्षतामा १३ सदस्यीय समिती चयन भएको छ ।
समितिको उपाध्यक्षमा मनोज कुमार महतो तथा सुबोध राय यादव चयन भएको छ । त्यस्तै कार्य समिति को सचिव पदमा सर्लाहीको पर्सा गाउपालिकामा कार्यरत कबिराज निरीक्षक नवीन यादब निर्वाचित हुनुभएको छ ।
कोषाध्यक्षमा श्री राम साह, सदस्यहरूमा सर्लाही बाट कृष्ण कुमार यादब, महोत्तरी बाट राम एकवाल मंडल, सिरहा बाट राकेश कुमार यादब , पर्सा बाट दिनेश साह , रौतहट बाट , विश्वनाथ चौधरी, पंकज राज चौहान , सप्तरी बाट प्रमोद यादब , तथा धनुषाबाट सबिता ठाकुर रहेकी छिन । निर्वाचित पदाधिकारीहरु लाई प्रमुख आतिथी एवं कार्यक्रम अध्यक्षले प्रमाणपत्र प्रदान गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्