• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

भाग्दै माधव, नजिकिदै ओली

२०७९ फाल्गुन १४, आईतवार ०८:५७
भाग्दै माधव, नजिकिदै ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच घोचपेच हुनु स्वभाविक जस्तै मानिन्छ ।ओलीले नेपाललाई अनेक आरोप लगाउँन, त्यसको प्रतिवाद गर्दै नेपालले पनि ओलीलाई विभिन्न आरोप लगाइदिन्छन् ।यो श्रृङ्खला एमाले विभाजनदेखि तीब्र बन्दै आएको छ । तर, पछिल्लो समय सत्ता संकटमा हेलिदै गएको एमालेले नेपाललाई नरम व्यवहार प्रदर्शन गर्न थालेको छ ।
केपी ओली र माधव नेपाल पुराना राजनीतिक सहयात्री हुन् । एमालेमा लामो समय सँगै राजनीति गरेपछि छुट्टिएका उनीहरु पछिल्लो समय फेरि नजिकिन थालेका छन् ।
ओली माधवप्रति एमाले विभाजनपछि यतिधेरै आक्रोशित थिए कि, त्यसको कुनै सीमा नै थिएन भन्दा पनि फरक पर्दैनथ्यो । तर, सत्ता सहकार्य गर्न भन्दै वालकोट पुगेका प्रचण्डले दुई महिनामै राष्ट्रपति निर्वाचनमा आइपुग्दा धोका दिन थालेपछि ओलीले नेपाललाई सम्झिन थालेका छन् ।
ओलीले माधवको पार्टीलाई अवैध भन्दै अदालतसम्मै पुगे । निर्वाचन आयोगदेखि अदालतसम्म माधवको पार्टीलाई अवैध भनेका ओलीले राष्ट्रपतिमा एमाले वरिष्ठ उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएपछि औपचारिक रुपमै पत्र पठाएर माधवलाई नेकपा एसको अध्यक्ष स्वीकार गरेका छन् ।
माधव पनि ओलीलाई प्रतिगमनकारीदेखि राजावादी सम्मको आरोप लगाउदै आएका छन् । माधवले ओलीलाई संसदमै विभिन्न आरोप लगाएका थिए । संसद विघटनप्रति भडास पोख्दै माधवले ओलीलाई सच्चिन नमान्ने नेताको रुपमा अथ्र्याएका थिए ।
तिक्तता यतिसम्म बढेको जस्तो देखिन्थ्यो कि उनीहरु तत्काल बोल्न समेत मान्दैनन होला जस्तो देखिन्थ्यो । तर, राष्ट्रपति निवासमा तारन्तारका भेटवार्तापछि उनीहरु विस्तारै खुल्दै गए ।
शितल निवासमा सामान्य बोलचाल गरेका उनीहरु पछिल्लो समय राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा घण्टौं वार्ता छलफलमा जुटि सकेका छन् ।
लिखित प्रस्ताव र तत्कालीन नेकपा ब्यूँताउने सर्तमा राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका माधव ओलीले धोका दिन सक्छन भन्ने ठानेर कांग्रेसलाई नै राष्ट्रपतिको उम्मेदवारको रुपमा अघि सार्न कस्सिएका छन् । तर, ओलीले माधवलाई पत्र नै पठाएर नेम्वाङलाई राष्ट्रपतिमा मतदान गर्न अपिल गरेका छन् । माधवलाई ओलीले पहिलो पटक औपचारिक रुपमा पार्टी अध्यक्षको हैसियतमा सार्वजनिक सम्बोधन गरेर पत्र पठाएका छन् ।
पछिल्लो समय राष्ट्रपतिको निर्वाचनलाई लिएर नजिकिन थालेपनि उनीहरु फेरि दुई किनारा जस्तै बन्न पुगेका छन् । तर, सत्ता र शक्तिलाई नजिकबाट बुझेका ओलीले माधवलाई फकाउने रणनीति अख्तियार गरेसँगै कतै पूर्वएमालेहरु एकीकृत त हुँदैनन ? प्रश्न उब्जिएको छ । तर, माओवादी केन्द्रसहित कांग्रेसले माधवलाई प्रधानमन्त्रीको आश्वासन दिएकाले तत्कालै उनी पग्लिएलान ? यसको जवाफ समयक्रमसँगै मिल्नेछ ।
तर, माधवको पार्टीलाई नै अवैध भन्दै आएका ओलीले औैपचारिक रुपमा नेकपा एसलाई स्वीकार गरेपछि उनीहरु निकट भविष्यमा मिल्न सक्छन भन्ने संकेत भने देखा परेको छ ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech