काठमाडौं । बारा क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार यादवले ११४३५ मत ल्याएका छन् । उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ७४६३ मतका साथ पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४२१५ मत पाएका छन् । यहाँ रास्वपा चौथो स्थानमा रहेको छ ।
यो क्षेत्रबाट निर्वाचित भएका रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि गत १० गते उपनिर्वाचन भएको हो ।
प्रतिक्रिया दिनुहोस्