नविन यादव’निर्भय’/
सप्तरी,। मधेसमा जनता समाजवादी पार्टी र जनमत पार्टीको टकराव उत्कर्षमा पुगेको छ।जसपालाई काउन्टर दिदै आएको जनमत उप निर्वाचनमा जसपालाई कडा टक्कर दिएका छ्न।जसपा अध्यक्ष उपेन्द्र यादवलाई बारा २ मा जनमतका कुशवाहाले हम्मेहम्मे पारेका थिए ।
जनमत र जसपाको राजनीतिक टकरावको प्रभाव अनन्त: मधेस प्रदेश सरकारमा परेको छ।प्रदेशमा जसपाले सरकारबाट जनमत पार्टीलाई निकाल्ने धारणा बनाएका छ्न भने जनमतले संघबाट निकलेपछि प्रदेश सरकारमा जसरी पनि टाँसिरह्ने मनसायमा छ्न।
संघीय सरकारको मन्त्रीमण्डलबाट राजिनामा दिएको जनमत पार्टी मधेस प्रदेश सरकारमा लाजै नमानी सत्ताको स्वाद लिन ढिट आचरण देखाउँदै छन।सार्वजनिक रुपमै सरकारबाट बाहिरिन दबाब बनाउँदै आएको जसपाका नेताहरूले जनमतका मन्त्री बर्खास्त गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिदै आएका छ्न।तर जनमतले मधेस प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई बर्खास्त गरेर देखाउन चुनौती दिएका छ्न।
मधेसमा देखिएको जसपा र जनमतबीचको प्रतिस्पर्धा वर्चस्वकै राजनीतिमा आधारित छ्न।मधेसको नेतृत्वमा आफ्नो दलीय वर्चस्व कायम राख्न उपेन्द्रले रणनीति लिएका छ्न भने जसपालाई मधेसको राजनीतिबाट बिदाइ गरि जनमतको वर्चस्व स्थापित गर्ने रणनीतिमा सिके राउत देखिएका छ्न।
तराई मधेसमा देखिएको यी दुई शक्तिबीचको टकराबले मधेस प्रदेश सरकारको सेवाप्रवाह अस्तव्यस्त बनेका छ्न।त्यसैगरी मधेसी जनता समेत मधेसवादी पार्टीहरुप्रति अलमलिएका भएका छ्न।सिके राउत मधेस नेपालको भूगोल नभएको भन्दै स्वतन्त्र मधेसको अभियानमा लागे । स्वराजको अभियानमा लागेका डा. राउत अन्ततः नेपाल सरकारसँग ११ बुँदे सम्झौता गरि मधेस नेपालकै अभिन्न भुभाग भएको स्वीकार गरे।
मधेसी जनताको हक अधिकार स्थापित गर्न संघीयता सहितको लोकतान्त्रिक गणराज्यको मुद्दा लिएका उपेन्द्र भने मधेसमा सिके राउतको कटु आलोचकको रुपमा प्रस्तुत हुँदै आएका छ्न।दुई पार्टीबीच शिर्ष नेतृत्वदेखि वडा स्तरसम्मको नेताकार्यकर्तामा वर्चस्ववादी संघर्ष हुँदै गएको छ।
मधेस प्रदेश सरकार यी दुई पार्टीको प्रतिस्पर्धामा फसेको प्रष्ट भएको छ।प्रदेश सरकारको कार्यसम्पादन र सेवाप्रवाह लथालिङ्ग हुँदै गएको छ।एकातिर जसपाले जनमतका मन्त्रीहरुलाई कामै गर्न नदिने मनसायमा रहेका छ्न भने अर्कातिर लाजै नमानी सत्ताको स्वाद चाख्नेमा जनमत पार्टी व्यस्त छ।संघ सरकारबाट बाहिरिएका जनमत प्रदेश सरकारमा लिम टाँसिरहन चाहन्छ ?जनतालाई दर्जनौं सस्ता आश्वासन दिएका डा. राउत किन मधेस सरकारबाट मन्त्री बोलाउन चाहदैनन् ?
यसरी मधेसमा जनमत र जसपाबीचको टकराबको फाइदा लिने रणनीतिमा नेपाली कांग्रेस देखिएको छ।उनले उपेन्द्रलाई संसद प्रवेश गराउँदै मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउने सहयोगको अपेक्षा राखेका छ्न।
प्रतिक्रिया दिनुहोस्