जनकपुरधाम, ६ माघ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिवार मधेश प्रदेश एजलेटिक्स संघको गठन भएको छ ।
इन्द्र कुमार यादवको अध्यक्षतामा तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा भएको प्रदेशस्तरीय भेलाबाट सर्वसम्मतबाट पुष्पा यादवलाई प्रदेश अध्यक्षमा चयन गरेको जनाइएको छ ।
त्यसैगरी उपाध्यक्षमा विनोद कुमार कामति, सचिवमा दिलिप कुमार यादव, कोषाध्यक्षमा चन्देश्वर पटेललाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा अंशु सिंह, सकुन्ताला शर्मा, रामपृत चौधरी, अजय कुमार पण्डित, राजु चौधरी, मलिक चौधरी, सन्तोष मण्डल निलम यादव, गौतम रहेको छ । त्यसैगरी सल्लाहकारमा इन्द्र कुमार यादव, ज्ञानेन्द्र कुमार यादव, श्रीनारायण साहलाई राखिएको जनाइएको छ ।
भेलाको उद्घाटन सत्रमा पूर्व मन्त्री ज्ञानेन्द्र कुमार यादव, मिडिया काउन्सिलका अध्यक्ष कैलास दास लगायत दर्जनौं व्यक्तिले खेलकुदको बारेमा आफ्ना विचार राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्