• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पूर्व उपप्रधानमन्त्री एवम् जसपा अध्यक्षद्वारा कृषि विश्वाविद्यालय भवन शिलान्यास

२०८० माघ ८, सोमबार १९:२७
पूर्व उपप्रधानमन्त्री एवम् जसपा अध्यक्षद्वारा कृषि विश्वाविद्यालय भवन शिलान्यास

राजविराज, ८ माघ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले दक्ष जनशक्ति उत्पादन गरी मधेश कृषि विश्वाविद्यालयले आर्थिक समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
राजविराज नगरपालिका वडा नम्बर १३ स्थित विसहरियामा सोमबार आयोजित विश्वविद्यालय भवन निर्माणार्थ भूमिपूजन एवम् शिलान्यास गर्नुहुँदै वहाँले यस्तो बताउनुभएको हो । वर्षौंंदेखिको सपना साकार हुन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै वहाँले भन्नुभयो ‘राजविराजमा आज कृषि विश्वविद्यालयको भूमिपूजन एवम् शिलान्यास गर्न पाउनुले म अत्यन्तै खुशी छु, दक्ष जनशक्ति उपादन गरी कृषि क्षेत्रमा आधुनिकीकरण गर्दै रोजगारी तथा आर्थिक समृद्धिमा योगदान मिल्नेमा विश्वस्त छु ।’
समारोहमा अपार सहभागिताले आफुमाथि जिम्मेवारी थएिको भन्नुहुँदै वहाँले यस कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यवाद् दिनुभयो । निर्माण कार्य सम्पन्न गरी लक्ष्यप्राप्तितर्फ बढ्न विश्वविद्यालयलाई शुभकामना दिनुहुँदै जसपा अध्यक्ष यादवले आफुबाट हुनसक्ने सहयोग र पहलकदमी लिन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वहाँ यस अघि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट जनप्रतिनिधि रहँदा कृषि विद्यालय, नर्सिङ्ग कलेज, रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, इन्जिनियरिङ्ग कलेज, ५० बेडको गजेन्द्रनारायण सिंह अस्पताललाई ४२० बेडमा स्तरोन्नती गर्दै सुविधासम्पन्न भवन निर्माण, सामुदायिक विद्यालयहरुमा पक्की भवन, आधा दर्जन पक्की सडकका कामहरु गर्नुभएको छ । कृषि विश्वविद्यालय समेत वहाँकै पहलमा प्रदेश सरकारको आर्थिक सहयोगमा अगाडि बढेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कृषि विद्यालय प्रदेश सरकारको गौरवका योजनामा रहेको यस विश्वविद्यालयलाई आर्थिक अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । वहाँले विश्वविद्यालय परिवारलाई उच्च मनोबलका साथ अगाडि बढन् समेत निर्देशन दिनुभयो ।
पूर्व मुख्यमन्त्री लालबाबु राउतले आफु मुख्यमन्त्री हुँदै उपेन्द्र यादवकै निर्देशनमा राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने निर्णय भएको स्मरण गराउनुभयो । प्रतिकुल अवस्थाका बावजुद पनि प्रदेश सरकारले यसलाई प्रदेश गौरवको योजनामा राखेकोले देशकै उदाहरणीय विश्वविद्यालयको रुपमा स्थापित हुने वहाँले बताउनुभयो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द बहादुर न्यौपानेले मधेश प्रदेशको सप्तरी जिल्लामा विश्वविद्यालथ स्थापना हुनु र भवन निर्माणको पनि शिलान्यास हुनु गौरवको कुरा भएको बताउनुभयो । कृषिबाटै प्रदेश र देशको आर्थिक समृद्धि हुने भएकोले यसलाई प्राथमिकतामा राख्नुपर्नेमा वहाँले जोड दिनुभयो । विश्वविद्यालयका उपकुलपति डा.वैद्यनाथ महतोले स्थापनादेखि शिलान्याससम्मको गतिविधिहरुबारे जानकारी गराउनुभयो ।
मधेश प्रदेश सरकारले मधेश कृषि विश्वविद्यालय भवनका लागि आर्थिक वर्ष ०७८/०७९ मा १ अर्ब ४९ करोड रुपैयाँ वहुवर्षिय योजना शीर्षकमा सुनिश्चित गरेको थियो । सोही अनुरुप भवन निर्माणका लागि गत आर्थिक वर्षमा ३९ करोड पठाइएको छ भने चलु आर्थिक वर्षमा ३० करोड विनियोजन गरिएको छ ।
विश्वविद्यालयको २६ बिघा आठ कठ्ठा १८ धुर जग्गामा प्रशासनिक, शैक्षिक र प्रयोगशाला गरी १२ वटा भवन निर्माणका लागि एकअर्ब रुपैयाँमा ठेक्का बन्दोबस्त गरिएको विश्वविद्यालयका रजिष्ट्रार श्रीभगवान ठाकुरले जानकारी दिनुभयो ।
यता विश्वविद्यालयको शिलान्यास जसपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवबाट हुने निश्चित भएपछि जनमत पार्टीले विरोध जनाउँदैआएको थियो । मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवको नेतृत्वमा शिलान्यास स्थलमा जनमत पार्टीका कार्यकर्ताहरुले विरोध जनाएका थिए । कार्यकर्ताहरुका साथ नाराबाजी गर्दै सुरक्षा घेरा तोड्ने क्रममा प्रहरीले सामान्य बल प्रयोग गर्दा मन्त्री यादवको टाउकोमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक ढुण्ढीराज नेउपानेले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech