जनकपुरधाम। कमला सिँचाइ व्यवस्थापन कार्यालय अन्तर्गत पश्चिमी नहर प्रणालीको परवाहा शाखा नहरको जलउपभोक्ता समितिका अध्यक्षमा सुजितकुमार मिश्र निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी मेथुर चौधरीलाई ६३ मतको अन्तरले पराजित गर्दै मिश्र विजयी भएका हुन् । कमला सिँचाइको पश्चिमी नहर प्रणाली धनुषा जिल्लामा छ । अध्यक्षमा निर्वाचित मिश्र नेपाली काँग्रेसका मधेश प्रदेश प्रतिनिधि तथा नेपाल विद्यार्थी संघ धनुषाका पूर्वअध्यक्ष हुन् ।
परवाहा शाखाअन्तर्गतका १५ प्रशाखा कार्यसमितिका पदाधिकारी एवम् सदस्य गरी ११ जनाका दरले एक सय ६५ मतदाता रहेको निर्वाचनमा अध्यक्षमा विजयी मिश्रले एक सय ११ र सोही पदका प्रतिस्पर्धी चौधरीले ४८ मत हासिल गरेका थिए ।
समितिका उपाध्यक्षमा प्रदीपकुमार यादव, सचिवमा सुरेन्द्रकुमार मण्डल र कोषाध्यक्षमा श्यामकुमार यादव विजयी भएका छन् ।
त्यस्तै समितिका पुरुष सदस्यहरूमा अलिमोहम्मद राइन, सूर्यनाथ यादव, रामविलास यादव, जगदीश यादव, मोहन मण्डल धानुक, अब्दुल नदाफ र बलराम यादव तथा महिलातर्फ निर्मलादेवी दास, सकुनीदेवी गडेरी, फुलकुमारी देवी दनुवारनी, सोनावतीदेवी यादव र प्रेमशीला देवी जितेका छन् ।
यसैगरी मूल समितिका लागि पुरुषतर्फ शेषनारायण यादव र हरिकिशोर यादव तथा महिलातर्फ जीबछी देवी निर्वाचित भएका छन् ।
जिल्लाको डुमरियाबाट परवाहासम्मको २२ किलोमिटर दुरी रहेको परवाहा शाखा नहरबाट छ हजार बिघा जग्गामा सिँचाइ हुँदैआएको छ ।
प्रतिक्रिया दिनुहोस्