जनकपुरधाम, फागुन ८ । जनता समाजवादी पार्टी मिथिला नगर कमिटीको सोमबार सम्पन्न भेलाले राम नाथ महतोको अध्यक्षता नगरकमिटी पुनर्गठन गरेको छ ।
प्रदेश सभा समन्वय समितिका अध्यक्ष राजेश्वर महतोको अध्यक्षतामा सम्पन्न भेलाले राम नाथ महतोको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटि गठन गरेको हो ।
पुनर्गठित कमिटीको उपाध्यक्षमा दुखनी देवि महतो, रामलाल महतो , सचिवमा बच्चेलाल यादव, तथा कोषाध्यक्षमा मनमाया तामांग चयन भएका छन । कमिटीको सदस्यहरूमा बौबेन महतो, परमेश्वर यादव , धनिक लाल महतो , राम चन्द्र महतो, लक्ष्मण महतो , आनन्द महतो, सरस्वती देवि, सुशिला देवि राजेन्द्र हाथी , राम एकवाल चौधरी ,सुरज महतो , कला यादव, करम वीर महतो, सुनिल महतो, सुनिता महतो, बौएलाल महरा चयन भएका छन ।
केन्द्रिय राजनीति समिती सदस्य महाजन यादवको प्रमुख आतिथ्यमा भएको भेलामा राजनिती समिती सदस्य उर्मिला साह, केन्द्रीय सदस्य प्रमिला सिंह, मनमाया तामांग, सीता यादव , प्रदेश सदस्य चन्देश्वर महतो, जिल्ला अध्यक्ष पशुपति यादव, संगठन बिभाग प्रमुख सत्रुधन यादव, दिनेश यादव सहितको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्