सिराहा । सिराहामा छोराको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्।सखुवानन्कारकट्टी गाउँपालिका-५ घर भई लहान नगरपालिका-१ बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले पक्राउ गरेको हो।गत मंगलबार बिहानदेखि ५ वर्षीय छोरा आयुश नभेटेको उनले छिमेकीहरुलाई बताएकी थिइन्।छिमेकीले खोजी गर्दा बालक भेटिएका थिएनन्। त्यसपछि प्रहरीलाई खबर गरिएको थियो।प्रहरीले खोजी गर्दा सरिता सुत्ने कोठामै आयुशको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
सरिताविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा सिराहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।











