जनकपुरधाम, बैशाख २२ गते। मौलाना अब्दुल्लाह आलमले नेपालकै उदाहरणीय काम बिना दाईजो, बिना जन्तीको बिहे गरेका छ्न।
धनुषा जिल्लाको सबैला नगरपालिका वाडा न ४ टोल जरहीया गाऊँमा बिना दाईजो र बिना जन्ती बिना कुनै फ़िज़ूल खर्च नगरी मस्जिदमा दुबै पक्षका ५, ५ जना समाज बसि मुस्लिम समुदाय परम्परा अनुसार ( निकाह ) विहे गर्नु भएको छ।
मौलाना महमुद आलमको छोरा मौलाना अबदुल्ला आलम को बिहे जसपा नेपालका भातृ संगठन समाजवादी मुस्लिम संघका धनुषा जिल्ला कोषाध्यक्ष मो. जुबैर आलम की छोरी अन्जुम खातुनको बिहे इस्लामीक रीती रिवाज अनुसार गर्नु भएको हो।
उहाँहरुकोले लिनुभएको साहसी निर्णयको लागि समाजले दुवै पक्षलाई प्रशंसा गर्दै दाइजोमुक्त विवाह गरेर नयाँ परम्परा शुरु गर्नुभएन, महिला अधिकारका लागि बलियो सन्देश पनि दिनुभएका राष्ट्रिय मुस्लिम परिषद अध्यक्ष मोसाहिद हुसेनले बताउनु भो । उहाले भनुभो
दाइजो बिना पनि विवाह हुनसक्छ भनेर एउटा ठुलो उदाहरणको रूपमा काम गरेर देखाउनु भएको छ।
साथै उक्त बिबाहमा सहभागी समाजवादी मुस्लिम संघका प्रदेश कोषाध्यक्ष सहिद हुसेन, सचिव इसराफी अन्सारी, समाजवादी मुस्लिम संघका धनुषा जिल्ला अध्यक्ष कालिम राईन, सहितका सहभागीहरुले बधाई तथा शुभकामना दिनु भएका थिए।
प्रतिक्रिया दिनुहोस्