जनकपुरधाम, मंसिर १४ । जसपा नेपालबाट विभाजित भई अशोक राइको नेतृत्वमा गठित जनता समाजवादी पार्टी लाई चुनावको मुखैमा झटका लागेको छ ।
मंसिर १६ गते मतदान हुने उपनिर्वाचनको दुई दिन मात्र बाँकी छदा जसपाको उम्मेदवार नै जसपा नेपालमा प्रवेश गरेका छन ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. १ मा हुने निर्वाचनका लागि अशोक राई नेतृत्वको जसपा बाट उम्मेदवारी दिएका अरुण सदाले उम्मेदवारी फिर्ता लिदै जसपा नेपालमा प्रवेश गरेका हुन ।
धनुषा क्षेत्र नं. १का निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक कार्कीको समुपस्थितिमा उम्मेदवार सदाले जसपाको उम्मेदवारलाई सहयोग गर्ने घोषणा गर्दै जसपा प्रवेश गरेका हुन ।
उम्मेदवार सदाले मधेशीहरुलाई एकजुट हुनुपर्ने उद्देश्यका साथ उम्मेदवारी फिर्ता लिएको बताएका छन । त्यसैगरि राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार फुलो देवीले समेत जसपा नेपालकै उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेका छन ।
जसपा नेपाल बाट अजयकुमार यादव वडा अध्यक्षका उम्मेदवार रहेका छन ।
सो अवसरमा मधेश प्रदेशसभा पूर्व सदस्य चमेली देवी, समाजवादी दलित संगठनका इन्चार्ज चन्देश्वर पासवान , प्रदेश अध्यक्ष रामो महरा सहितको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्