धनुषा । धनुषामा एक पुरुषको शव बोरामा बाँधेर फालिएको अवस्थामा भेटिएको छ ।धनुषा प्रहरीका अनुसार मिथिला बिहारी नगरपालिका-२ पुरन्डाहास्थित परशुराम तलाउ नजिक पुलमुनि बोरामा बाँधेर फालिएको अवस्थामा बिहीबार शव भेटिएको हो ।
बोराभित्र अन्दाजी ३०/३५ वर्षीय पहिचान खुल्न नसकेको युवकको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।बिहीबार दिउँसो ३ बजेतिर बोराभित्र शव रहेको प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्