जनकपुरधाम । जनता समाजवादी पार्टी,नेपालका समाजवादी नेता शिक्षा प्रेमि प्रदेश सांसद रामअशिष यादवले प्राविधिक गुणस्तरीय शिक्षा लागि राज्यले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता रहेको कुरा बताउंनु भयो ।
जनकपुरधाम उपमहानगरपालिका वार्ड नं १७ कनकपट्टी स्थित न्यु मिशन बोर्डिङ ईन्गलिश स्कुलमा आयोजित स्पीलिङ र मिनिङ प्रतियोगिताको उदघाट्न गर्ने क्रममा प्रमुख प्रदेश सांसद यादवले राज्य ,शिक्षक र अभिभावक को समन्वय बिना शिक्षा सुधार हुन नसक्ने कुरामा जोड दिनु भयो ।
न्यु मिशन बोर्डिङ स्कुल कनकपट्टीका प्रिन्सिपल सरिता यादवको अध्यक्षमा सम्पन्न कार्यक्रममा नेपाल प्याब्सन का अध्यक्ष विनोद यादव,नीजि विद्यालय शिक्षक ऐशोसियशन धनुषा का अध्यक्ष ब्रजकिशोर यादव,प्याब्सन का पुर्व अध्यक्ष पंकज ठाकुर सहितले शुभकामना मन्तव्य व्यक गरेका छन।
टिचिङ टुगेदर र लर्निङ टुगेदरको अवधारणा अनुरुप वालवालिकहरुको आत्मविश्वास,कौशल र दक्षता बढाउने उदेश्यले स्पेलिङ र मिनिङ प्रतियोगिता को आयोजना गरेको कुरा कार्यक्रम का संचालक पंकज ठाकुरले जानकारी दिएका छन।
सहभागि प्रमुख अतिथि प्रदेश सांसद यादव ,अतिथि श्रीमती उषा यादव सहित प्याब्सन का पदाधिकारी र शिक्षकहरुलाई न्यु मिशन बोर्डिङ स्कुल का संस्थापक मनोज कुमार यादवले सम्मान गरेका छन।
























