काठमाडौ । बुद्ध एयरको ७२ सिटे जहाजले बिहीबार काठमाडौं-भरतपुर परीक्षण उडान गरेको छ।काठमाडौंबाट उडेको एटिआर-७२ जहाज बिहान ९ः३४ बजे भरतपुर विमानस्थलमा अवतरण भएको थियो।
धावनमार्ग छोटो भएका कारण यहाँ बुद्धले ४७ सिटे (एटिआर ४२) जहाजबाट उडान गर्दै आएको थियो। बुद्ध एयरसँग ४२ सिटका जहाज २ वटा छन्। तीमध्ये एउटा सेप्टेम्बर पछि चलाउन मिल्दैन। त्यसपछि पनि उडानलाई नियमित बनाउन एटिआर-७२ को परीक्षण गरिएको हो।
























