काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जनताका बदलिएका आवश्यकता र आकांक्षाप्रति राज्य संयन्त्र संवेदनशील हुनुपर्ने बताएकी छिन्।संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।पछिल्लो आन्दोलनले राज्यका धेरै पक्षको सुधारको माग गरेको भन्दै उनले सबै पक्षका भावना समेटिने गरी काम गर्ने प्रतिबद्धता जनाइन्।
उनले भनिन- ‘जनआवाजलाई बेवास्ता गर्न वा अस्वीकार गर्न सकिन्न, सुनुवाइ गर्नुपर्छ। जनआवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा हो । ‘यसका लागि आवश्यक पर्ने संस्थागत पुनर्संरचना र कानूनमा परिमार्जन गरी सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्यलाई चुस्त, प्रभावकारी र जनमुखी बनाउन आवश्यक छ।’
संविधानमा परिवर्तन भन्दा पनि त्यसको भावना र मर्मअनुरूप काम गर्न आवश्यक रहेको बताइन्। उनले आफूलाई दिइएको अभिभारा पूरा गर्न हरतरहले लाग्ने बताइन्।उनले जनतामा धेरै असन्तुष्टि रहेको र एकैचोटी सम्बोधन गर्न कठिन भए पनि क्रमशस् पूरा गर्दै जाने बताइन्।
























