• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

अब युवा जनशक्तिलाई स्वदेशमै परिचालन गरौं

२०७७ असार २१, आईतवार २२:३०
अब युवा जनशक्तिलाई स्वदेशमै परिचालन गरौं

-गुन्जा कुमारी साह

विदेशिनु कसैको रहर हैन बाध्यता हो । आफ्नो मातृभुमिलाई छोडेर अर्काको देशमा श्रम गर्ने कार्य सजिलो काम हैन । समय र परिस्थितीसंग झुकेर मात्र कसैले यस्ता निर्णय लिन्छन् । कुनै पेशा, व्यवसाय, कार्यमा संलग्न हुने अवसर नहुँदा युवाहरु विदेश जान बाध्य भएका हुन्छन्  । आफ्ना देशमा योग्यता र क्षमता अनुसारको उचित पारिश्रमिक नपाएर युवाहरुको विदेश जाने जमात बढ्दाे छ । 

बेरोजगारीको कारणले आयआर्जन गर्ने बाटो बन्द हुँदा आधारभुत कुरा पूरा गर्न नसकि आर्थिक अवस्था बिग्रेर बाध्य भई युवाहरु विदेशिएका हुन्छन्  । मानवको मनोवृति नै हुन्छ बाचुञ्जेल अलिक बढि आर्जन गर्ने तर साना उमेरका युवा जो पढ्ने लेख्ने बेलामा आफु विदेशमा गएर परिवारको लागि जोगाड गर्न गएका हुन्छन्  । यसले गर्दा युवाहरूले धेरै समस्या भोग्नुपरेको देखिन्छ ।

वैदेशिक रोजगार बोर्डका अनुसार १८ देखि ४० वर्ष उमेरका व्यक्ति काम गर्न विदेश जान्छन् । नेपालमा श्रमशक्ति सर्भेक्षण २०७४ अनुसार ४३ लाख ६५ हजार ४ सय १५ जना वैदेशिक रोजगारिमा संग्लन भएको देखिन्छ । त्यसमा १ लाख ९८ हजार महिला जनशक्ति संग्लन भएको देखिन्छ । खास गरेर ७४.५ % अदक्ष युवा वैदेशिक रोजगारिमा बहिरिनुपरेको छ । दैनिक हजारौ युवा रोजगारीको शिलशिलामा विदेशिनु परेको छ । स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा प्रत्येक वर्ष ४ लाख ५० हजार कामदार विदेश जान बाध्य भएका छन् ।

वैदिशिक रोजगारीको लागि बढि प्रचलित मुलुकहरुमा मलेसिया, कतार, साउदि अरब, सयुक्त अरब इमिरेटस्, कुवेत, बहराईन, ओमान, दक्षिण कोरिया, लेबनान, इजरायल, जापान, अफगानिस्तान इत्यादी पर्दछ ।  युवाहरु विदेशमा रोजगारी खोज्न जानुका मुख्य कारण गरिबी र बेरोजगारी नै हो । गरिबीका चपेटामा परेर घरव्यवहारको खर्च धान्न नसकि, आयआर्जनको स्रोत नभई विदेशिएका हुन्छन् । गरिबीको कारणले युवाहरु रोजगारीका संभाव्य क्षेत्रसम्म पुग्न सकिरहेका हुँदैनन्  । उदाहरणका लागि अदक्ष कामदार प्रयोग भैरहेको खाडि क्षेत्र तथा मलेशियामा जान समेत शुरुमा १/२ लाख बुझाउन असमर्थ भएको हुन्छ  । साहुको ऋण बिना नभई नहुने अवस्था पनि छन् ।  त्यसतै रोजगार प्रदान गर्ने क्षेत्र संकुचित र कमजोर भएको देखिन्छ । निजी क्षेत्रको अपेक्षित विकास नहुनु, जनसंख्या विवरण उच्च रहनु । आर्थिक सर्वेक्षण अनुसार दैनिक ५ लाख १२ हजार मानिस श्रम बजारमा थपिनु । बिकास बजेट खर्च नभएको । पूर्वाधार विकासमा न्युन खर्चका कारण बेरोजगार जनशक्तिलाई रोजगार दिन नसकी हाल युवाहरु रोजगारीको शिलशिलामा विदेशिएका हुन् । 

नानाथरी सपना बोकेर घरपरिवारको आकाङ्क्षा पूरा गर्न विदेशिएका नेपाली कामदारहरु न्युन गुणस्तरका कार्य गरेपनि उचित पारिश्रमक पाईरहेका हुँदैनन् । शारीरिक पीडा र मानसिक पीडा दुवैबाट  ग्रसित भई एक छाक खाएर आफ्नो जीवन गुजार्न बाध्य भएका छन् । त्यस्तै खाडिमा गएका हाम्रा दिदीबहिनी श्रम शोषण मात्र नभएर यौन शोषणको शिकारसमेत बन्ने गरेका छन् । आखाँमा आशु बोकेर मनमा पीडा बोकेर भए पनि केही आर्थिक स्तर बढोस् भनेर विदेशिएकाहरु आफ्नो पीडा सामाजिक सञ्जालबाट पोखिरहेको प्रसस्त देख्न सक्छौं । नेपालीहरुको शव पनि अचेल बाकसमा आउने तिव्र गतिमा वृद्धि भइरहेको देखिन्छ । खास गरेर १८ देखि ४० वर्ष समुहका युवाहरुको मृत्यु विदेशमै भएको देखिन्छ । पछिल्लो एक दशकमा करिब ९ हजार नेपाली कामदारले ज्यान गुमाएका छन् । 

हालैमात्र वैदेशिक रोजगार बोर्डका अनुसार कतारबाट २०, युएईबाट एक ,कुवेतबाट २ र साउदिबाट एक जनाको शव नेपाल ल्याइएको छ । सरकारले युवा शक्ति विदेश पलायन गरेर रेमिट्यान्स त भित्राएको छ तर रेमिट्यान्ससंगै थुप्रै शव वाकसमा फर्काएको पनि छ । शवसंगै विदेशिएकाको हजारौं सपना बाकस भित्र बन्द भएको छ । सरकार यसप्रति मौन छ । सरकारलाई रेमिट्यान्स भित्रिए पुग्ने भए जस्तो देखिन्छ । युवा जनशक्तिलाई विदेश पलायन गर्नैमा तल्लीन छ सरकार , देशमै परिचालन गर्नुपर्नेतर्फ ध्यान दिन सकिरहेको छैन । 

अहिलेपनि हजारौं पीडित युवाहरु दैनिक स्वदेश फर्किने आशमा राजदुतावास धाइरहेका छन् । धेरै युवाहरु विदेशमा गएर अनेकौ समस्या भोगेर, ठुलो जोखिमका काम गरि उचित पारिश्रमिक नपाई जिवन बिताईरहेका छन् । अदक्ष युवाहरुले विदेशमा भोगेका र झेल्नुपरेको धेरै समस्याहरु छन् । न्युन ज्यालामा काम गर्न बाध्य हुनु, सहयोग गर्ने संस्था र व्यक्तिबाट ठगिनु, एउटा काम र कम्पनिमा भनेर अर्काे काम र कम्पनिमा काम लगाउने, कम पारिश्रमिक दिनु, नक्कली कागजातका आधारमा रोजगारीमा पठाउनु जसबाट विदेशमा दुख पाउने, एयरपोर्टबाट फर्कनु पर्ने जस्ता हजारौ समस्या झेल्नुपरेको देखिन्छ । विदेशमा काम नपाएर मानसिक रुपमा चिन्तित भई आत्महत्या गरेका, जोखिम काम गरेर हात, खुट्टा, आखाँ गुमाएका तथा विभिन्न कारणले तिनिहरुको शव बाकसमा बन्द भई स्वदेशमा फर्किन बाध्य भएका छन् ।

वैदेशिक रोजगारको सम्बन्धमा नेपालको संविधान २०७२ को धारा ५१(झ) को ५ र ६ नम्बरमा उल्लेख गरेका कुरा : 

(५) वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकारको प्रत्याभुति गर्न यस क्षेत्रको नियमन र व्यवस्थापन गर्ने । 

(६) वैदेशिक रोजगारीबाट आर्जन भएका पूजी, सिप, प्रविधि र अनुभवलाई स्वदेशमै उत्पादनमुलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने भनेका छन । 

पन्ध्रौं योजनामा पनि वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, शोषणमुक्त र अधिकतम प्रतिफल दिने, श्रम सम्झौता गर्ने, रोजगार परिषद स्थापना गर्ने तथा विकृतिलाई अन्त गर्ने जस्ता कुरा समावेश गरेका छन् । 

घर, परिवार, समाजलाई छोडर गएका युवाहरु विदेशमा गई कति सुरक्षित छन त ? के गरिबीको चपेटामा परेका लाखौ ऋण लिई विदेशिएका युवाहरु शोषित भई उचित पारिश्रमिक पाईरहेका छन् ? विदेशमा काम गर्दा कतिले  हात, खुट्टा, आखाँ गुमाएका छन् ? ऋणको चिन्ता र विदेशमा काम नपाएर भोकमरीले गर्दा कति युवाहरू आत्महत्या गर्न बाध्य भएका छन् ? 

प्रत्येक वर्ष नेपालीको शव बाकसमा बन्द भई आउँदा समेत सरकारले यसप्रति केहि चासो देखाएको छैन।  घरेलु काम गर्नका लागि गएका महिलाहरु शोषित भएका घटना र्सार्वजनिक भइरहदा सरकारले यसतर्फ ध्यान दिन सकिरहेको छैन ।  सरकारले बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने घोषणा गरेपनी विदेशिएकाहरुका लागि विशेष रुपले नीति ल्याउन नसक्दा आज विदेशिएकाहरु श्रम शोषणको सिकार भइरहेका छन् । अब विदेशिने बाध्याताको अन्त्य गर्नु आवश्यक छ । अत: अब आफ्नै देशमा श्रम गरेर आर्थिकस्तर बढाउनेतर्फ ध्यान दिन जरुरी छ ।

यस्ता समस्यालाई उन्मुलन गर्नको लागि चाल्नुपर्ने कदम:

विदेशमा गरिने श्रम अब नेपालको उर्भर भुमीमा गर्नुपर्छ । आफ्नै देशको स्रोत साधन परिचालन गरेर आत्मनिर्भर बन्नुपर्दछ । आजका युवा भोलिका कर्णधार भनिन्छ । तर त्यही भोलिका कर्णधारहरु नै धमाधम रोजगारीको नाममा विदेशिन थालेपछि देश विकासमा टेवा कसरी पुग्छ ? जबसम्म बेरोजगार युवाहरूलाई देशभित्र रोजगारी सृजना गर्न सकिदैन, तबसम्म देशमा उत्पादन बढाउन सकिदैन, जबसम्म उत्पादन बढाउन सकिदैन,देशलाई आत्मनिर्भर बनाउन पनि सकिदैन । देशको आत्मनिर्भरता युवाहरूको श्रमशक्तिसंग जोडिएको हुन्छ । आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक बजेट समेतले देशभित्र रोजगारी सृजना गर्ने भनिएको छ ।  

सरकारले `समृद्ध नेपाल सुखी नेपाली´को नारा लिएको छ ।  देश बनाउने युवाहरु उपयुक्त वातावरण र आफनो भविष्य सोच्दै विदेशिने हो भने एकदिन नेपालमा केवल बालबालिका र बृद्धबृद्धाहरुको देश साबित हुनेछ । यस्तो अवस्थाले समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन कसरी सकिएला ? वैदेशिक रोजगारीका लागि जाने युवा नेपालीहरू देशमा रोजगारीको अभावले गर्दा वैदेशिक रोजगारीमा जान बाध्य छन् । सरकार अब आफ्ना नागरिकलाई स्वदेशमै राखेर  आत्मनिर्भर बनाउनतर्फ अग्रसर हुनुपर्छ । जनतालाई देशकै भुमिमा काम गर्न प्रेरित गर्नुपर्छ । नेपालबाट अनेकौं सपना बोकेर परिवारको आयस्रोत बढाउन, आफ्ना बच्चाहरुको आकङ्क्षा पुरा गर्न कोसौ दुर रहि मुटुमा ढुङ्गा राखि विदेशिएका युवाहरुको शव बाकसमा बन्द भइ आउनु अति नै दुखमय हो । वैदेशिक रोजगारका प्रचलन चलाउने र आफ्ना देशका आर्थीक अवस्थामा जोड नदिएर हैन की आफ्नै देशमा रोजगारीको व्यवस्था गर्नुपर्ने हुन्छ । कुन क्षेत्रमा कति र कस्तो जनशक्ति विकास गर्ने, तालिम, सीप, विकासका नितिहरु अबलम्वन गर्नुपर्छ । उद्योग, व्यापार, सेवा क्षेत्रको विकासका लागि अनुकुल वातावरण सिर्जना गर्नुपर्छ । कृषिको आधुनिकिकरण र व्यावसायिकरणमा जोड दिनुपर्छ । वैज्ञानिक, व्यवसायिक, प्राविधिक र देशकोलागि आवश्यक जनशक्ति उत्पादन गर्न शिक्षा प्रणाली, शिक्षा नितिको व्यवस्था गर्नुपर्छ । घरेलु तथा साना उद्यम व्यवसायमा स्वरोजगार सिर्जनाका लागि बीज, पैसा, सिप, ज्ञान, प्रदान, गर्ने गैर सरकारी तथा वित्तिय संस्थाबाट रोजगार कार्यक्रम संचालन गर्नमा जोड दिनुपर्छ । सिर्जनशिल र उर्जावान मानव साधनलाई विदेशको रोजगारीमा पठाउने हैन कि आर्थिक सामाजिक विकासकालागि आफ्नै देशमा संलग्न गराउनुपर्छ । आफ्नो  देशको युवालाई सधै विदेशमा पठाउनाले आर्थिक सामाजिक विकासको पक्ष दीर्घ कालसम्म कमजोर रहन्छ । देश भित्रै रोजगारीको सिर्जना गर्न र युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न उपयुक्त हुन्छ । यस समस्याप्रति सरकारको ध्यानाकर्षण होस् ।  

सम्बन्धित खवर

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू
प्रदेश विशेष

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

56 years पहिले
जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन
प्रदेश विशेष

जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

56 years पहिले
मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर
प्रदेश विशेष

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना
प्रदेश विशेष

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले

ताजा समाचार

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

ऐतिहासिक मधेश आन्दोलनका प्रमुख उपलब्धिहरू

56 years पहिले
जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

जसपा, नेपालको धनुषा क्षेत्र २ क्षेत्रिय अध्यक्षमा दिपिनदेव यादव चयन

56 years पहिले
मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech