काठमाडौं / नेपाल प्रहरीको २८ औं महानिरीक्षक (आइजीपीमा) मा शैलेश थापा नियुक्त भएका छन् । उनले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् ।
मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक ( एआइजी) थापालाई आइजिपीमा बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो ।
नव नियुक्त महानिरीक्षक थापा २०७९ वैशाख १८ सम्म आइजिपी रहनेछन्। अर्का एआईजी हरि पाललाई उछिन्दै उनी आइजीपी बनेका हुन् ।
थापा र पालले एकै दिन अर्थात २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन्। गत फागुनमा एआइजीमा बढुवा हुँदा आफ्ना ब्याचीमध्ये थापा पहिलो र पाल दोस्रो नम्बरमा थिए। थापा एसएसपी र डीआइजी हुँदापनि ब्याचीमध्ये पहिलो नम्बरमा थिए।
वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारपछि अवकाश पाउँदैछन्।
प्रतिक्रिया दिनुहोस्