काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक चौथो पटक स्थगित भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठक शुक्रबार विहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
पार्टीभित्रको विवाद सुल्झाउन अध्यक्ष अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्ला एक्लै छलफलमा जुटेको र सहमति कायम गर्न भन्दै चौथो पटक बैठक स्थगित गरिएको हो ।
प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष ओली सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने दवाव पार्टीभित्रबाट परेपछि आन्तरिक विवाद चुलिएको छ।
प्रतिक्रिया दिनुहोस्