काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भएको वार्ता २ घण्टापछि सकिएको छ ।
दुई अध्यक्षबीच के विषयमा कुराकानी भयो र सहमति भयो वा भएन भन्नेबारे नेताहरुले खुलाएका छैनन् ।
वार्ता २ घण्टा चले पनि ठोस सहमति नभएको बालुवाटार स्रोतले जनाएको छ ।
स्थायी कमिटीमा नेताहरुले ओलीको राजीनामा मागेपछि सुरु भएको नेकपाभित्रको विवाद अझै समाधान भएको छैन ।
नेकपाभित्र जारी विवाद समाधानको प्रयासका लागि दुई अध्यक्षबीच छलफल भएको हो। विवाद समाधानकै लागि स्थायी समिति बैठक असार २६ गतेसम्मको लागि सारिएको छ।
प्रतिक्रिया दिनुहोस्