जनकपुरधाम ।सिन्धुलीको कमलामाई नगरपालिकाको प्रमुखमा १८ वर्षिया युवति नियुक्त हुनुभएको छ । १८ वर्षिया स्वस्तिका बख्रेललाई एक दिनको मेयर बनाइएको छ । आज बख्रेललाई जिम्मेवारी पत्र सहित पदभार ग्रहण गराईएको हो ।
नवनियुक्त नगर प्रमुखलाई निर्वतमान मेयर खड्गबहादुर खत्रीले नेतृत्व हस्तान्तरण गर्नुभएको छ ।सानो उमेरमा नगरप्रमुख हुने अवसर पाएकोमा आगामी दिनमा पनि नेतृत्वदाहि भुमिकामा देख्न पाइयोस् भन्दै खत्रिले एक दिने मेयर बख्रेललाई बधाई दिनुभएको छ ।
नवनियुक्त मेयर बख्रेलले बालबालिकाहरु साईबर हिंसाबाट पीडित भएको भन्दै यसको निराकरणकालागि योजना नै बनाएर कार्यान्वयनमा जाने प्रतिवद्धता जनाउनुभयो । उहाँले आगामी दिनमा बालबालिकाको आधारभुत अधिकारको विकासकालागि शिक्षा, स्वास्थ्य र सुरक्षामा योजनाबद्ध रुपमा विकास र विस्ता गर्न आफू लाग्ने बताउनुभयो ।
नगरप्रमुख बनाउने उद्धेश्य: अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बख्रेललाई नगरपालिकाको प्रमुखमा नियुक्त गरिएको हो । एक दिनकोलागि आर्थिक र प्रशासनिक काम बाहेकका कार्य गर्ने गरी बख्रेललाई मेयरामा नियुक्त गरिएको हो । नेतृतव र निर्णय परियोजना अन्तर्गत ‘डिजिटल पुस्ताः हाम्रो पुस्ता’ भन्ने
नारालाई सार्थक बनाउन प्लान इन्टरनेसनल नेपालको सहयोगमा जनजाती बिकास समाज सिन्धुलीले आयोजना गरेको नेतृतव हस्तानतरण कार्यक्रममा १८ वर्षीया स्वस्तिका बख्रेल नगर प्रमुखमा नियुक्त हुनुभएको हो । उहाँले दिनभरका गतिविधिमा प्रमुखको जिम्मेवारी सम्हाल्नु हुनेछ ।
बालबालिकाहरूले आफ्नो स्थानीय तहलाई कसरी बुझेका छन् र नगरपालिकाको नेतृत्वले कसरी काम गर्छन् भन्ने विषयलाई बालबालिकालाई अनुभूत गराउन यस्तो जिम्मेवारी दिइएको हो।अन्तराष्ट्रिय बालिका दिवस मनाउने सन्दर्भमा एक दिन आर्थिक र प्रशासनिक अधिकार बहेक सांकेतिक रूपमा नगरपालिकाको प्रमुख बनाइएको हो ।
प्रतिक्रिया दिनुहोस्