सप्तरी : प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले नेपालको राजनीतिमा जसपा नेपाल सशक्त वैकल्पिक शक्तिका रुपमा स्थापित भइरहेको बताएका छन् ।
सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ७ (हाटी) मा विभिन्न पार्टीहरु परित्याग गरेर जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेको हुन् ।
छिन्नमस्ता गाउँपालिका ७ का वडा अध्यक्ष शत्रुधन यादवको अध्यक्षतामा साथै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमाले लगायतका पार्टीहरुको परित्याग गरि करिब २०० जना जसपामा प्रवेश गरेको छ ।
विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गरेको नवप्रबेशी नेता तथा कर्याकर्ताहरुलाई जसपा नेपालका मधेश प्रदेश समितिका उपाध्यक्ष शत्रुधन यादवले बताए ।
केन्द्रिय सदस्य उमेश यादव अमरनाथ मंडल चित्र नारायण यादव प्रदेश सदस्य सत्यनारायण , जिल्ला अध्यक्ष केदार यादव गाउँ पालिका अध्यक्ष महेश साहको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो ।
























