काठमाडाैँ । मनसुन बाहिरिइसकेपछि पुन मौसममा अचानक आएको बदलावले यतिखेर मुलुकभर वर्षा भइरहेको छ । बालीनाली भित्र्याउने बेलामा भइरहेको अविरल वर्षाले किसानहरु मारमा परेका छन् । अधिकांश स्थानमा धानबाली नष्ट भएको छ ।
कतिपय वस्तीहरु डुबानमा परेका छन् भने बाटोघाटो र पुलहरु बगाएको छ ।यो झरी र वर्षा अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारसम्म अविरल वर्षा हुने जनाइएकाे छ ।
दाङमा आईतबार रातीदेखि परेको अविरल बर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ। वर्षाका कारण किसानले काटेर राखेको धान पानीले बगाउन थालेपछिस्याहदै शान्तीनगर गाउँपालिका ३ देबीपुरका किसान ।
कञ्चनपुरमा पनि धेरै ठाउँमा धानबाली बगाएकाे छ । खेतहरू डुबानमा परेर बाली नष्ट भएकाे छ ।
लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका- १२ ओदालीस्थित निमार्णाधीन चार लेनको पुलसँगै बनेको ६ लेनको सडकमा पुर्याएको क्षति । बाढीले कालोपत्रे गरिएको सडक बगाउनुका साथै तटीय क्षेत्रमा जोखिम बढेको छ ।
असार १ र त्यसपछिको बाढीले पक्की पुल बगाएपछि मेलम्चीको फट्टेमा ह्यूम पाइप राखेर बनाइएको बाटोमा निरन्तरको वर्षाले क्षति पुर्याएपछि यातयात सेवा अवरुद्ध भएकाे छ ।
लगातारको वर्षापछि कञ्चनपुरको भीमदत्त नगरपालिका- १२ स्थित ऐरी क्षेत्रमा डुबान परेका घर । प्रहरीले स्थानीयवासीलाई उद्दार गरी विद्यालयमा राखेको छ ।
आइतबारदेखिको अबिरल वर्षाका कारण धनगढी उपमहानगरपालिका जलमग्न भएकाे छ । वडा नं- ५ हसनपुरकाे तस्वीर ।
डाेटीकाे सिलगढीसहित यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेको भने जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका बर्सातका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर सञ्चालन हुने यातायात सेवा ठप्प भएको छ ।
प्रतिक्रिया दिनुहोस्