जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाले अविरल वर्षाका कारण बालीमा पुर्याएको क्षतिको लगत संकलन कार्य गर्ने भएको छ ।
नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै पालिकाको ९ वटै वडाका किसानहरुलाई क्षति विवरण उपलब्ध गराउन आग्रह गरेको छ । अविरल वर्षाले गर्दा किसानहरुलाई भारी क्षति भएको छ । बालीनालीमा भएको क्षतिको मध्यनजर गर्दै पालिकाले किसानहरुलाई तोकिएको समयभित्र क्षति भएको क्षेत्रफल, क्षति विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।
गएको कात्तिक १ र २ गते परेको अविरल वर्षाका कारण भएको बालीनालीको क्षतिप्रति हंसपुर नगरपालिकाको गंभिर ध्यानाकर्षण भएको छ । अविरल वर्षाका कारण भौतिक र किसानहरुलाई भएको क्षति विवरण तोकेको ढाँचा अनुसार तीन दिन भित्र पालिकामा उपलब्ध गराउन आग्रह गरेको छ । बालीनाली क्षतिको तस्वीर, जग्गाधनीको लालपूर्जासहितको कागजात पेश गर्न पालिकाले भनेको छ । कागजात पेश भैसके पछि उचित क्षतिपूर्ति दिइने छ।
प्रतिक्रिया दिनुहोस्