जनकपुरधाम कार्तिक ७ गते। नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका केन्द्रीय उपाध्यक्षमा जगदीश साह निर्वाचित भएका छन्।
काठमाडौँ मा सम्पन्न प्राधिकरण कर्मचारी संघका १२ औं केन्द्रीय महाअधिवेशन बाट साह १ सय ५६ मत को अन्तर ले ७ जना प्रतिद्वन्दी लाई पराजित गर्न सफल भएको छ।
यसै गरी केन्द्रीय अध्यक्षमा जनार्दन भट्टराई र सह अध्यक्षमा टंक अधिकारी र वरिष्ठ उपाध्यक्षमा नरेश चोरबार निर्वाचित भएका छन्।
नव निर्वाचित ५१ सदस्यीय प्राधिकरण कर्मचारी संघको अध्यक्ष सहित पदाधिकारीहरु र सदस्यहरूको सपथग्रहण आजै गर्ने कुरा निर्वाचन समितिले जनाएको छ।
























