लालबाबु सिंह, कात्र्तिक,वीरगंज । नेपाली काङ्ग्रेस पर्सा द्वारा अर्थमन्त्री लाई पर्सा प्रजिअ मार्फत ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।
नेपाली काङ्ग्रेस पर्साका सभापती अजयकुमार दिवेदीको नेतृत्वमा गएको टोलिले महान पर्व छठको झझल्को देखिने सिक्काहरु प्रकाशन गर्नका लागि अर्थमन्त्री अर्थ मन्त्री जनार्दन शर्मा “प्रभाकर“ संग माग गरेको ज्ञापनपत्र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई बुझाएको छ । विभिन्न चाडपर्वको अवसरमा नेपाल राष्ट्र बैंकले पर्वको झझल्को देखिने गरि सिक्काहरु प्रकाशन गर्दै आएको छ ।
सो अवसरमा सभापती दिवेदिले नेपालिहरुको महान पर्व छठको महिमा अत्यन्तै प्रसिद्ध रहेकोले यसको ब्यापकता एवम सार्थकतालाई सरकारले पनि जनचाहना बमोजिम सम्मान गर्न सिक्को प्रकाशन गरिदिन जोडदार माग गरेको बताइएको छ । साथै प्रजिअ लगायत जिल्ला प्रशासन कार्यालय पर्सा परिवार एवम सम्पुर्ण पर्सावासी तथा देशवासिलाई शुभ दिपावली तथा छठ पर्वको मङ्गलमय शुभकामना पनि व्यक्त गरेको छ ।
नेपाली काङ्ग्रेस पर्सा सभापती दिवेदिले प्रजिअ ढकाललाई सो ज्ञापनपत्र बुझाएका थिए भने सचिव श्याम पटेलले सो ज्ञापनपत्र वाचन गरेका थिए । सो अवसरमा नेका पर्सा क्षेत्र १का सभापती बिजय सराफ, महिला संघ पर्साका अध्यक्ष बिधा श्रेष्ठ, प्रेमचन्द दुबे, प्रेम शन्कर सिंह, हुकुम सिंह, अरविन्द गुप्ता, भवानी घिमिरे, धिरज गुप्ता, राहुल गुप्ता लगाय्तको उपस्तिथि रहेको थियो । सो अवसरमा सन्चारकर्मी तुलसी भण्डारी, लालबाबु सिंह, राजेन्द्र चौधरी लगायतको उपस्तिथि रहेको थियो ।
प्रजिअ ढकालले उठेका माग अत्यन्तै साकारात्मक रहेको र छ्ठ पर्व नेपाल कै महापर्व भएकोले यो ज्ञापन पत्रसमेत आजै नै अर्थमन्त्री कहाँ पुर्याई दिने बताउनु भयो ।
























