जनकपुरधाम कार्तिक १० गते । आ. व.२०७७/०७८ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी जनकपुरधाममा शुरु भएको छ।
स्वास्थ्य निर्देशनालय प्रदेश २ द्वारा अायोजित तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख अतिथ्यमा शुरु भएको गोष्ठी तिन दिन सम्म चल्ने छ।गोष्ठीमा गत आ. व. को स्वास्थ्य कार्यक्रमहरुको तुलनात्मक समिक्षा हुनेछ ।
जनकपुरधामको सिताशरण होटलमा भईरहेको कार्यक्रममा संघिय स्वास्थ्य मन्त्रालय र मातहतका विभागहरु, प्रदेशका सवै स्वास्थ्य निकायहरुको प्रतिनिधित्व रहेको छ भने प्रदेश २ का महिला वालवालिका तथा ज्येष्ठ नागरिक सभापति मा. जयनुल राईन,नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा,जनकपुरधाम उप महानगरपालिकाका प्रमुख लालकिशोर साह लगायतको सहभागीता रहेको छ।
























