मुगु । नेपाली काँग्रेस मुगुका निर्बतमान सभापती खड्क बहादुर शाहीले मुगु बस दुर्घटनमा ज्यान गुमाएका र घाईते परिवारलाई नगद सहयोग दिएका छन् ।
शाहीले असोज २६ गते नेपालगंज बाट मुगु आउदै गरेको बस दुर्घटना हुदा मृत्यु भएका ३३ र १२ जना घाईते घरपरिवारलाई नगद राहत दिएका हुन् ।
शाहीले प्रति ब्यक्ति ५ हजारका दरले राहत बितरण गरेका हुन् । सानो भएपनि परिवारलाई सहायता होस् भन्ने उद्देश्यले सहयोग गरेको हुँ, शाहीले भन्नुभयो ।
मृतक तथा घाईते परिवारलाई ब्यक्तिगत रुपमा राहत बितरण गर्ने जिल्लामै पहिलो ब्यक्ति खड्क बहादुरशाही हुन् ।
























