जनकपुरधाम, कार्तिक १२ गते। प्रदेश २ स्वास्थ्य निर्देशनालयद्वारा आ. व. २०७७/०७८ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको समीक्षा गोष्ठीमा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट गरेका स्वास्थ्य संस्थाहरुलाई सम्मान गर्दै तीन दिने गोष्ठी सम्पन्न भएका छन।
निर्देशनालयले प्रदेश २ का अस्पतालहरु,जिल्ला स्वास्थ्य कार्यालयहरु,स्थानिय तहहरुको कार्यमुल्यांकन गरि अस्पतालहरुमा जिल्ला अस्पताल सिराहा उत्कृष्ट भए भने स्वास्थ्य कार्यालयहरुमा जिल्ला स्वास्थ्य कार्यालय सप्तरी उत्कृष्ट भए।त्यसैगरी स्थानियतहहरुमा हनुमाननगर कंकालिनी नगरपालिका सप्तरी र चक्रधाटा गाउपालिका सर्लाही उत्कृष्ट भएका छन।
उत्कृष्ट स्ंस्थाहरुका प्रतिनिधिहरुलाई सामाजिक विकास मन्त्री नवलकिशोर साहले पुरस्कृत गरि सम्मा गरेका थिए।
प्रतिक्रिया दिनुहोस्