आफैंले चलाएको मोटरसाइकल विद्युतको पोलमा ठोक्किएर रौतहटमा एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् । चन्द्रपुरबाट घर जाने क्रममा दुर्घटनामा परेर समाजवादी विद्यार्थी युनियन रौतहट जिल्लाका उपाध्यक्ष गरुडा, महम्मदपुरका २५ वर्षीय अभय यादवको मृत्यु भएको हो ।
यादवले चलाएको मोटरसाइकल गौर–चन्द्रपुर सडकखण्डको बसन्तपुर एरियामा गएराति ११ बजे अनियन्त्रित भएर सडक छेउको विद्युत पोलमा ठोक्किएको थियो । सोही मोटरसाइकलमा सवार गरुडा–४ का ३० वर्षीय नवलकिशोर पटेल भने घाइते भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख एवं डिएसपी लिलाराज लामिछानेले बताए । घाइते पटेलको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्