जनकपुरधाम, कार्तिक १२ गते। जनता समाजवादी पार्टी नेपालका लोकप्रिय प्रदेश सांसद रामअशिष यादवले एक समारोहका विच तपसीबाबा बचत तथा ऋण सहकारी संस्था चोराकोयलपुरको समुदघाटन गर्नुभएको छ।
धनुषा, शहिदनगर नगरपालिकाको चोराकोयलपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जसपाका समाजवादी नेता यादवले देश र प्रदेश को आर्थिक समृद्धि र आर्थिक विकासका मुख्य मार्ग कृषि सहकारीको विकास नै रहेको कुरा बताउनुभएको छ।
उहाँले देशको राष्ट्रिय अर्थतन्त्रमा सहकारीको ४% योगदान रहेको चर्चा गर्दै देशको ३५ हजार सहकारी संस्थामा ६३ हजार जना व्यक्तिहरू ले प्रत्यक्ष रुपमा रोजगारी पाएका को कुरा बताउनुभएको छ।
श्री तपसीबाबा बचत तथा ऋण सहकारी संस्था चोराकोयलपुरका अध्यक्ष रघुवीर यादव को अध्यक्षता मा सम्पन्न कार्यक्रममा कृषि विज्ञ डा जागेश्वर यादव, जसपा जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष दिनेश प्रसाद यादव, उपाध्यक्ष उपेन्द्र ठाकुर, समाजसेवी तारा चन्द्र यादव, जसपा नेता सुर्य चन्द यादव, समाजसेवी रामदास यादव, बुध्दिजीवी बेचन यादव, शिक्षक छुतहर यादव, सहकारी विज्ञ सिताराम ठाकुर सहित का वक्ता हरुले बोल्नु भएको थियो।
३१ सदस्यीय शेयरधनी रहेको सो ग्रामिण क्षेत्रको सहकारी संस्थाको पुंजी १ करोड रुपैयाँ रहेको कुरा अध्यक्ष रघुवीर यादव ले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस्