जनकपुरधाम कार्तिक १४ गते। जनता समाजवादी पार्टी नेपालका समाजवादी नेता प्रदेश सांसद रामअशिष यादवले एक समारोहका विच कटरैत गाउँमा नवनिर्मित सामुदायिक भवनको उदघाटन गर्नुभयो।
सो अवसरमा समाजवादी नेता यादवले विधालय परिसरमा जन्ती सहित गैर शैक्षिक क्रियाकलापलाई व्यवस्थापन गर्न उद्देश्यले सामुदायिक भवनको निर्माण गरिएको कुरा बताउनुभएको छ।
उहाँले विधालयमा जन्ती सहित गैर शैक्षिक क्रियाकलापले गर्दा पठनपाठन प्रभावित हुने गरेको कारण विधालयमा शान्त वातावरण मा शैक्षिक क्रियाकलाप गर्ने कार्य मा सहयोग गर्न स्थानीय बासीहरुलाई आग्रह पनि गर्नुभयो।
प्रदेश सांसद यादवले समाज रुपान्तरणका लागि शिक्षा सुधार अभियान अावश्यक रहेको कुरा बताउनुभएको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ का वार्ड सदस्य राम अशेश्वर मुखिया को अध्यक्षता मा सम्पन्न कार्यक्रममा जसपा जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्भु प्रसाद साह, बौध्दिक पेशा कर्मि महासंघ का जिल्ला अध्यक्ष ब्रजकिसोर यादव,नगर अध्यक्ष विष्णु देव साह, वार्ड अध्यक्ष परमेश्वर यादव, पुर्व गाविस अध्यक्ष रघुवीर राय, रामनारायण यादव, गोविन्द मुखिया,राम सरोज यादव सहितका वक्ताहरुले मन्तव्य व्यक्त गरेका छन्।
प्रदेश सांसद रामअशिष यादवको संसदीय कोषबाट रु २० लाख रुपैयाँको लागतमा कम्पाउन्ड वाल, शौचालय सहित एक तले पक्की भवन को निर्माण गरिएको छ।
























