जनकपुरधाम, कार्तिक १६ गते। आर्युवेदका पर्वतक भगवान धन्वन्तरीलाई स्मरण गर्दै जनकपुरधाम आर्युवेद औषधालय ले राष्ट्रिय आरोग्य दिवसका साथ धन्वन्तरी जयन्ती मनाएका छन्।
सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद रामअशिष यादवले आर्युवेदको विकासका लागि राज्यले जडिबुटी खेतीलाई व्यवसायीकरण गरि जडिबुटी प्रसोधन तर्फ ध्यान दिनु पर्ने आवश्यकता रहेको कुरा बताउनुभएको छ।
उहाँले कृषि प्रधान देश नेपालमा जडिबुटी र कृषिको विकास लागि राज्यले ठोस नीति बनाएर लागु गर्नुपर्ने कुरा बताउनुभएको छ।
प्रदेश सांसद यादवले प्राचीन आर्युवेद चिकित्साशास्त्र वारेमा जनजनलाई अवगत गराउनका लागि आधारभूत शिक्षाको पाठ्यक्रम मा समावेश गर्नु पर्ने आवश्यकता रहेको कुरा बताउनुभएको छ।
औषधालय का प्रमुख डा सिमा झा को अध्यक्षता मा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति का अध्यक्ष राम देव बनरैत, प्रदेश सरकार स्वास्थ्य निर्देशनालय का निर्देशक विजय कुमार झा,डा मुक्ति नाथ साह, वृक्ष मानव सुरेश शर्मा, आम सञ्चार मिडिया प्राधिकरण का अध्यक्ष श्याम सुन्दर यादव, वरिष्ठ पत्रकार अजय झा, योगगुरु कृष्ण चन्द्र साह, वार्ड अध्यक्ष पुन्य प्रताप यादव सहित का वक्ता हरुले आर्युवेद विकास तर्फ ध्यान दिनु पर्ने आवश्यकता माथि जोड दिएका छन्।
सो कार्यक्रममा औषधालय परिसरमा वृक्षारोपण पनि गरिएको छ।
प्रतिक्रिया दिनुहोस्